लन्डन, संघीय समाजवादी फोरमका अध्यक्ष्य उपेन्द्र यादव आज लन्डन आइपुगेका छन् । उनका साथमा पार्टी विदेश विभाग प्रमुख आङकाजी शेर्पा पनि आएका छन् । उनीहरुलाई स्वागत गर्नको लागि बेलायतका कार्यबाहक राजदूत शरदराज आरन तथा समाजका अध्यक्ष्य धर्म तामांग लगायतका टोलि लन्डनस्थित हिथ्रो एअरपोर्ट पुगेका थिए । यहि आइतवार अल्डरसटको एम्पायर हलमा आयोजना हुने पार्टीको भातृसंगठन संघीय समाज यूकेको दोस्रो अधिवेसनमा सहभागी हुनको लागि यादव सहितको टोलि लन्डन आएको हो । यादवले शनिवार आदिवासी जनजाति महासंघ बेलायत, भूपु गोर्खाहरुको संगठन गेसोद्वारा अल्डरसटमा आयोजना हुने छुट्टाछुट्टै स्वागत तथा अन्तक्रिया कार्यक्रममा सहभागि हुने छन् । सोमवार संघीय समाज यूकेको रेडिंग क्षेत्रीय शाखाले उनको सम्मानमा विशेष कार्यक्रमको आयोजना गर्नेछ । सेप्टेम्बर २८ मा उनीहरु युरोपस्थित भातृसंस्थाको अधिवेसनमा भाग लिन युरोपतिर प्रस्थान गर्ने बताएको छ।
फोटो साभार फेसबुक(धर्म तामांग)
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।