गोर्खा रेडियो लाइभ सुन्नुहोस ।
लन्डन, नेपाली चलचित्र क्षेत्रमा अत्यधिक सफलताको रुपमा देखा परेको नेपाली चलचित्र छक्का पन्जाले लण्डनमा पनि पहिलो शोमा नै अत्यधिक सफलता हात पार्न सफल भयो । गत सेप्टेम्बर १७ का दिन अल्डरसटस्थित प्रिन्सेस हलमा सफल प्रदर्शन भएपछि हिन्दूहरुको महान चाड बडादशैंको अवसर पारेर लण्डनस्थित ग्रीनफोर्ड हलमा आगामी अक्टुबर १६ तारिखका दिन पुन प्रदर्शन गरिने आयोजक नेप्लिज इन्टरटेनमेन्ट यूकेल जनाएको छ । नेपालको चलचित्र इतिहाँसमै अत्यधिक सफलता मानिएको उक्त हाँस्य चलचित्र नेपालमा निकै सफलताका साथ् प्रदर्शन भएको छ । चर्चित हाँस्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाद्वारा निर्मित उक्त चलचित्रमा दीपकराज गिरी, प्रियेंका कार्की शिवहरि पौडेल, जितु नेपाल, बुद्धि तामाङ, केदार घिमिरे (माग्ने बुढो) वर्षा राउत लगायका कलाकारहरु रहेका छन् भने यस फिल्मको निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् । चलचित्र हेरिसकेका दर्शकहरुले पनि सबैलाई सो चलचित्र एकपटक हेर्नको लागि सल्लाह दिने गरेका छन् । विशेषगरी रोजगारीका शिलशिलामा वैदेशिक रोजगारमा जानुपर्ने नेपालको परिवेशलाई आधार मानेर निर्माण गरिएको उक्त चलचित्रले धेरैको मन जित्न सफल भएको थियो । यसघि पनि उनीहरुद्वारा निर्मित चलचित्र “६ एकान ६” र “वडा नम्बर ६” ले पनि अत्यधिक सफलता प्राप्त गरेको थियो । नेप्लिज इन्टरटेनमेन्ट यूकेका विरेन खड्का, राजेन गुरुंग, अनिल मल्ल र दिपक खड्का लगायतको पहलमा सो चलचित्रलाई बेलायतमा प्रदर्शनीका लागि ल्याइएको हो । आयोजकका अनुसार आउँदो अक्टुबर १६ मा हुने प्रदर्शनीका लागि पनि दर्शकहरुको उल्लेखनीय चासो रहेको बताएका छन् । साँझ ६ बजेबाट प्रदर्शनी गरिने भनिएको उक्त दिनको लागि अग्रिम टिकट बुकिंग गर्नेहरुको लागि १० पाउण्ड र हलमै टिकट लिनेहरुका लागि भने १५ पाउण्ड निर्धारित गरिएको आयोजक मध्यका विरेन खड्काले बताएका छन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।