गोरे सम्बाददाता,हलिवुडका चर्चित जोडी एन्जोलिना जोली र ब्राड पिटबीचको सम्बन्धको अन्त्य हुने भएको छ । सन् २००४ देखि एकसाथ रहँदै आएका यी जोडी सन् २०१४ मा बैबाहिक बन्धनमा बाँधिएका थिए । तर दुवैका लागि भने यो पहिलो बिवाह भने थिएन । ब्राड पिटको दोस्रो तथा एन्जोलिनाको तेस्रो बिवाह थियो । तर अहिले आएर एन्जोलिनाले आफू अलग हुन चाहेको बताउंदै सम्बन्ध विच्छेदको लागि निवेदन दर्ता गरेको कुरा वकिल रोबर्ट अफार्ले बताएका छन् । तर उनीहरुको सम्बन्ध बिच्छेदको बारेमा स्पष्ट रुपमा कुनै कुरा नखुलाएको तर पारिवारिक स्वास्थ्यका लागि सम्बन्धबिच्चेदको प्रक्रिया अगाडी बढाएको उल्लेख गरेका छन् । आफ्ना ६ जना छोराछोरीहरु आफूसंगै रहनुपर्ने माग एन्जोलिनाले राखेकी छन् । उनीहरुका ६ जना छोराछोरीमध्य ३ जना चाहिं एडप्ट (काख) लिइएका हुन् । हाल यो जोडीलाई ब्रान्जोलिना को उपनामले चिन्ने गरिन्छ ।
फोटो साभार-अनलाइन
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।
छुट्टिने भए त हलिवुड जोडी “ब्रान्जोलिना”
छुट्टिने भए त हलिवुड जोडी “ब्रान्जोलिना”
तपाईको प्रतिक्रिया