नेपाली दूतावास लण्डनमा रास्ट्रिय दिवस सम्पन्न

14434888_1205295996196516_7700789532934703770_oलन्डन, यहि २० सेप्टेम्बर आइतवारका दिन बेलायतस्थित नेपाली दूतावासले दूतावास परिसरमा नेपालको रास्ट्रिय दिवस (नेशनल डे ) मनाएको छ । निकै लामो संघर्षका बावजुद नयाँ सविधान जारि गरिएको उक्त दिनलाई नेपाल सरकारले रास्ट्रिय दिवस अर्थात “नेशनल डे” को रुपमा मनाउने निर्णय गरे अनुरुप दूतावासले सो कार्यक्रमको आयोजना गरेको थियो । दूतावासका अट्याची तेजेन्द्र रेग्मीद्वारा संचालित सो कार्यक्रममा विशेष अतिथिको रुपमा बेलायती विदेश मन्त्रालयकी दक्षिण एसिया प्रमुख लाउरा क्लार्कको उपस्थिति रहेको थियो । 14444820_1205297006196415_4853052452413363135_oकार्यक्रममा बोल्दै उनले भनिन, रास्ट्रिय दिवसमा जस्तो महत्वपूर्ण अवसरमा आउन पाएकोमा आफू अत्यन्तै हर्षित भएको र दुई देशबीचको कुटनैतिक सम्बन्धले दुई सय वर्ष पूरा गरेर सम्बन्ध अझै प्रगाढ बन्दै गएको धारणा व्यक्त गरिन । प्रत्येक वर्ष ३० हजार भन्दा बढी बेलायती पर्यटकहरु नेपाल जाने गरेको र बेलायतमा पनि नेपालीहरुको जनसंख्या दिनप्रतिदिन बढ्दै गएबाट पनि दुई देशबीचको सम्बन्ध प्रगाढ रहेको उनले बताइन । कार्यक्रममा बोल्दै बेलायतका लागि कार्यबाहक राजदूत शरदराज आरनले नेपाल र बेलायत दुई देशबीचको सम्बन्धले दुई सय वर्ष पूरा गरिसकेको र यो सम्बन्ध अझ बढी सुमधुर र मजबुत बन्दै गएको बताएका थिए । 14361213_1205295999529849_728366103745321404_oसाथै नेपालमा परेको आपतबिपतमा बेलायतको भूमिकाको सह्राना समेत गरेका थिए । उक्त कार्यक्रममा गैरआवासीय नेपाली सँघका सल्लाहाकार विश्वआर्दश पण्डित, एनआरएन संस्थापक चिरन्जीबी ढकाल, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङ, एनआरएन युकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, ब्यवसायी कमल भण्डारी, पशुपति भण्डारी, तमूधिं यूकेका उपाध्यक्ष ज्ञाम गुरुङ, मिस यूके नेपाल तनिसा राना, विदेशी कुटनीतिज्ञहरु, बेलायती विदेश मन्त्रालय, गृह मन्त्रालय, संचारकर्मी, लगायतका विशिष्ठ पदाधिकारीहरुको सहभागिता रहेको थियो ।14444731_1205300142862768_4244051011851071169_o
फोटो – वीरेन्द्र श्रेष्ठ

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक