लन्डन,यहि १६ सेप्टेम्बरका दिन लण्डनको ब्ल्याकहिथस्थित एभेरेष्ट इन रेष्टुरेन्टमा सम्पन्न नेप्लिज नर्सिंग एशोसिएशन यूकेको अधिवेशनले नयाँ नेतृत्वमा प्रसुना कंडेललाई निर्विरोध चयन गरेको छ । प्रसुनाले यसअघिको कार्यकालमा उपाध्यक्ष्यको जिम्मेवार सम्हालेकी थिइन् । एशोसिएशन्मा सबै पदमा निर्विरोध भएता पनि उपाध्यक्ष्य पदको लागि भने निर्वाचन भएको थियो ।
उक्त पदको लागि विनोदविकास सिम्खडा र सुनिता गौतमबीच भएको प्रतिस्पर्धामा सिम्खडाले विजय प्राप्त हाँसिल गरेका थिए । वर्तमान कार्यसमितिमा रस्मिता दर्लामी महासचिव, रेखा खरेल संस्कृतिक सचिव, गङ्गा सम्पांग कोषाध्यक्ष्य र यमुना आले सहकोशाध्यक्ष्यमा चयन भएकी छन् । तेस्तै गरि सदस्यहरुमा रफी श्रेष्ठ,अनिता खरेल भण्डारी , बिनु लामिछाने घिमिरे,आज्ञा खनाल,र सुदर्शन शाक्य चयन भएका छन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।