Home > Blog > सुदेश सत्यालको अन्तरिक्ष्यको धर्ती विमोचन हुँदै

सुदेश सत्यालको अन्तरिक्ष्यको धर्ती विमोचन हुँदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

14388876_977323942376212_1307153186_nकवि सुदेश सत्यालको छन्दोबद्ध कविता कृति “अन्तरिक्ष्यको धर्ती”यहि असोज ३ गतेका दिन एक समारोहकाबीच सर्वनाम नाटक घर कालिकास्थानमा विमोचन हुँदैछ । स्थायी घर देवघाट तनहुँ भएका सत्यालको वास्तविक नाम नारायण सत्याल हो । हाल उनि पढाईको सिलसिलामा काठमाण्डौमा बस्दै आएका छन् । वि.स. २०५१ सालमा जन्मिएका सत्याल सानैदेखि साहित्यमा रुची राख्ने गर्दथे | छोटो समयमा राष्ट्रिय तथा जिल्लास्तरका दर्जनौं पुरस्कार हात पारिसकेका छन् । उनि कविताका साथै गजल पनि लेख्ने गर्दछन । स्वदेशको माया ममता र सामाजिक गतिविधिले समेटिएका उनका भावनाहरु निकै रसिला र पोषिला हुने गर्दछन । छन्द कवितालाई लय मिलाएर मुक्त कण्ठले धाराप्रवाह प्रस्तुत गर्न सक्नु उनको अर्को विशेषता हो । युट्युब, फेसबुक जस्ता सामाजिक संजालहरुमा पनि लाखौँ दर्शक तथा स्रोताहरुले अत्यन्त रुचाइएका उनका कृतिहरुमा फर्केर आउ घर, महिला हिँसा, हे बुद्ध आउ अब, चमत्कार, दार्जिलिंग माथी एउटा कविता आदि पर्दछन । पहिलोपटक वि.स. २०६८ मा राष्ट्रिय दैनिक गोरखापत्रमा उनको “स्रस्टा स्वागत” शिर्षकको कविता प्रकाशित भए संगै उनि लोकप्रिय बन्दै गएका थिए । हाल उनका कृति देश विदेशका सबै दर्शक स्रोताहरुले रुचाउने गर्दछन ।
फर्केर आउ घर निकै चर्हित कविता सुन्नुहोस ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

को-कोसँग झुक्यो ओली सरकार

काठमाडौं । देशमा दुईतिहाइ बहुमतसहितको स्थिर सरकार छ । तर, केपी ओली नेतृत्वको शक्तिशाली सरकार …