सोह्रश्राद्ध अर्थात पितृस्मरण दिनको आरम्भ

pindaलन्डन,आजबाट सोह्रश्राद्धको शुरुवात हुदैछ । प्रत्यक वर्ष पितृहरुको सम्झनामा १६ दिनलाई सोह्रश्राद्धको रुपमा छुट्टयाईएको हुन्छ । सोहि अनुरुप मृत्य भएको तिथि पारेर वहांहरु (मृतक) लाई सम्झिने र तर्पण दिनुका साथै पिण्ड चढाउने गरिन्छ । हिन्दू संस्कारमा पुत्र र पुत्रवधुका लागी पितृ कर्म जस्तै श्राद्ध, पिन्ड, तर्पण अनि दानपुन अनिवार्य छ । मृत्यूकै तिथिमा श्राद्ध गर्न असमर्थ सन्तानहरुले सोह्र श्राद्धको तिथिमा श्राद्धगर्न सक्दछन । चौधौँ दिन चाही घायल चर्तुदशीकारुपमा चोटपटक या दुर्घटनामा परेका मान्छेका आत्माकालागी छुट्याइएको हुन्छ । सोह्र श्राद्धका सोह्र दिनलाई पितृपक्ष पनि भनिन्छ, पृथ्वीलोक र स्वर्गलोक विच पितृलोकको स्थानमा हाम्रा तिनपुस्ताका पितृहरु रहने विश्वास रहेकोमा आजको दिन अर्थात सुर्य कन्या राशीमा प्रवेश गर्ने दिन देखि वृश्चिक राशीमा प्रवेश नगरुन्जेलसम्म अबको एकमहिना पितृलोकवाट पितृहरु आफ्ना सन्ततीको घरमा वस्न आउने जनविश्वास रहेको छ । महाभारत यूद्धमा मृत्यू भएपछि दानविर कण आत्मास्वरुपमा स्वर्गलोक पुगे, त्यहाँ स्वर्गका राजा इन्द्रले उन्लाई भोजन स्वरुप सुन चाँदी र हिरामोती पस्केर दिएपछि उन्ले इन्द्रसगँ वास्तविक खानाको माग गरे तर दानविर कर्णले जिवनकालमा सुन चादी मात्र दान गरेकाले र उन्ले पितृहरुलाई वास्तविक खाना दान नगरेको कारणले खाना नपाएको जानकारी गराइयो । त्यस्कारण कर्णलाई १६ दिन पृथ्वीलोक फिर्ता जान दिइने भयो ताकि उन्ले आफ्ना पितृहरुकालागी केही खाना र पानी दान गर्न सकुन, यहि १६ दिनलाइनै पितृपक्ष अर्थात सोह्र श्राद्ध भनिन्छ । श्राद्धमा विशेषगरी चांदी वा तामाको भाँडामा पकाइएको चोखो खानाहरु जस्तै खिर, तरकारी आदि चढाउने गरिन्छ र उक्त खानालाई यामको दुतको रुपमा कागले आएर खाने अवधारणा रहेको पाइन्छ ।सोहार्श्राद्धको आगमन संगै हिन्दूहरुको महान पर्व वडादशैं को पनि आगमन भएको महशुश हुने गर्दछ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित