आज विश्वकर्मा पूजा यस दिनमा विशेषगरी सवारी साधनहरुको पूजा गर्ने प्रचलन रहेको छ । नेपालमा आजको दिनमा ग्यारेज कारखानालाई सजिसजाउ गरेर विश्वकर्माको मुर्ती स्थापना गरिन्छ र भोलिपल्ट उक्त मुर्तीलाई सेलाउने गरिन्छ । देवताहरुका शिल्पविशेषज्ञ तथा सम्पूर्ण देवताका भवन,हातहतियार लगायत यानहरुका निर्माता विस्वकर्मा ब्रम्हाका पुत्र भएको शास्त्रमा उल्लेख गरिएको छ । सोहि कारणले गर्दा आजको दिनलाई विश्वकर्मा पूजाको रुपमा मान्ने प्रचलन भएको र आ-आफ्ना सम्पूर्ण सवारी साधन,मेशिन कलकारखानामा तथा धातु सम्बन्धि काम गरिने कार्यस्थलमा विशेष पूजाआजा गरिन्छ । हिजोअजा नेपालमा मात्र नभएर विदेशतिर पनि आ-आफ्ना सवारीसाधन, कलकारखाना तथा मोटर ग्यारेजमा विश्वकर्माको पूजा गर्ने प्रचलन बढेको छ । फोटो साभार-4 Wheeler LTD UK
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।
आज विश्वकर्मा पूजा देश विदेशमा मनाइंदै
आज विश्वकर्मा पूजा देश विदेशमा मनाइंदै
तपाईको प्रतिक्रिया