“गोरेटो अनि उस्तै छ गल्लि” रहेनन् अब सुनिल बर्देवा

14292421_10154490584301197_1111889158531653644_n“मर्ने कसैलाई रहर हुदैन, तर नमरेको प्रहर हुँदैन, भागेर जाउँ कुन ठाउं जाउँ मान्छे नमर्ने शहर हुँदैन” हो यहाँ यस्तै यस्तै घटनाहरु निरन्तर दोहोरिरहन्छन । लोकप्रिय गायक तथा संगीतकार सुनिल बर्देवाको उपचारकै क्रममा असामयिक निधन भएको छ । स्वास्थ्यमा देखिएको समस्याका कारण उनलाई शैक्षिक अस्पतालमा महाराजगन्जमा लागिएको थियो । के कारणले उनको मृत्यु भएको भन्ने बारेमा भन्ने बारेमा स्पष्ट नभएपनि उनलाई जन्डिसको समस्या भएको बताइएकोछ् । गोरेटो अनि उस्तै छ गल्लि, बिहानीमा, यो साँझ यो रात लगाएत उनका दर्जनौ गीत संगीतहरु लोकप्रिय छन् । उनका एक छोरा र एक छोरि छन् । दुई बर्ष मात्र अघि श्रीमती गुमाएका सुनिल बर्देवा काठमाडौँ बालुवाटारमा बसोवास गर्दै आएका थिए । करिब दुइ हप्ताभित्र नेपाली सांगीतिक आकाशमा दुइजना प्रतिभाको निधन भएकोछ । दुइ हप्ता अघिमात्र गायक खेमराज गुरुंगको पनि उपचारकै क्रममा निधन भएको थियो । गायन क्षेत्र लगायत गीत लेखन,संगीत, संगीत संयोजन लगायत एक कुशल बाध्यबाधक समेतको खुबी रहेका बर्देवाको निधनले नेपाली सांगीतिक आकाशमा एउटा चम्किलो तारा अस्ताएको छ ।
उनीद्वारा गाइएका गीतहरु सुन्नका लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।


फोटो साभार अनलाइन

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित