इटहरी, हिन्दू नारीहरुको महान पर्व तिजको अवसर परेर संयुक्त खश क्षेत्री नेपाल आदिवासी इकाई समिति इटहरीद्वारा यहि भाद्र १५ गते बुधबारका दिन तरहारास्थित भू.पु.सैनिक क्लवमा तिज विशेष कार्यक्रम २०७३ को आयोजना गरेको थियो । समाजका इकाई अध्यक्ष्य कृष्ण चौहानको सभापतित्वमा संचालित उक्त कार्यक्रममा समाजका केन्द्रीय सल्लाहकार ज्ञान बहादुर खड्काको प्रमुख आतिथ्य तथा केन्द्रीय सदस्य दलेंद्र खड्काको विशेष आतिथ्य रहेको थियो ।
खश क्षेत्रीको बारेमा केन्द्रीय सदस्य दलेंद्र खड्काले प्रकाश पारेका थिए भने तिजको उपलक्ष्यमा शुभकामना मन्तव्य दिने क्रममा द्रोण न्यौपाने, निलम बस्नेत, सन्जिब खड्का, कमला खड्का, लिला कार्की अन्जु खड्का लगायतले तिजको शुभकामना दिएका थिए । शुभकामना मन्तव्यको क्रममा कमला खड्काले सामूहिक रुपमा मनाइएको यस तिज विशेष कार्यक्रमको प्रशंसा गर्दै तिज पर्वको बारेमा प्रकाश पार्नुका साथै परम्परागत रुढिवादीमा आधारित तिजप्रति आफू सन्तुष्ट नरहेको धारणा ब्याक्त गरेकी थिइन ।
कार्यक्रममा बयोबृद्ध महिलाको रुपमा उपस्थित ९४ वर्षीय हजुरआमा तिलमायाँ बस्नेतलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । करिब तीन सय भन्दा बढी माहिलाहरुको सहभागिता रहेको उक्त तिज विशेष कार्यक्रममा तिजको गीतमाभव्य नृत्य गरिएको थियो भने खानपिनको पनि प्रबन्ध गरिएको थियो । विभिन्न जातीय संगठनहरु संगठित हुदै गर्दा खश क्षेत्री नेपाल आदिवासी इकाई समितिले पनि आनो संगठनको आवश्यकता महशुस गरि संयुक्त खश क्षेत्री नेपाल आदिवासी इकाई समितिको स्थापना भएको हो ।
आफ्नो धर्म संस्कृति तथा परम्पराको जगेर्ना गर्ने उद्देश्यले यस संस्थाद्वाले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेकोछ । कार्यक्रममा प्रस्तुत गरिएका तिजसम्बन्धि नृत्य हेर्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।(फोटो चाडै औदैछा)
संयुक्त खश क्षेत्री नेपाल आदिवासी इकाई समिति इटहरीद्वारा तिज कार्यक्रम सम्पन्न
संयुक्त खश क्षेत्री नेपाल आदिवासी इकाई समिति इटहरीद्वारा तिज कार्यक्रम सम्पन्न
तपाईको प्रतिक्रिया





