हंगकंग, यहि अगष्ट १४ तारिख आइतवारका दिन साँझ हंगकंगको जोर्डनस्थित एक कोरियन रेष्टुरेन्टमा नेपाल जाने क्रममा हंगकंग आइपुगेकी सुनसरी हाँसपोसा निवासी श्रीमती बिनिता खड्का बस्नेत लगायत स-परिवारलाई स्वागत तथा सम्मान स्वरूप हंगकंग तरहरा(हाँसपोशा) फोरम हंगकंगले भेटघाट तथा रात्रिभोजको आयोजना गरेको थियो । हंगकंग तरहरा फोरमका अध्यक्ष्य कालसिंह राईको आध्यक्ष्यतामा सम्पन्न उक्त भेटघाट कार्यक्रममा उपाध्याक्ष्य गङ्गा राई, उपसचिव मकर राई,मोडल तथा कोषाध्यक्ष्य मीरा कार्की तिगेला,सह-कोषाध्यक्ष्य रिता थापा लगायत सन्जिब,अर्जुन भुजेल,लिडिया खड्का ,मज्जाको राई चन्दा राईको लगायत शुष्मा राउत र कमल राउतको पनि उपस्थिति रहेको थियो ।
उपाध्यक्ष्य गङ्गा राईद्वारा स्वागत मन्तव्य ब्यक्त गरिएको थियो भने कार्यक्रमको संचालन सचिव किरण तामांगले गरेका थिए । कार्यक्रममा समाजका अध्यक्ष्य कालसिंह राईद्वारा बिनिता खड्का बस्नेत परिवारलाई खादा लगाई सम्मान गरिनुका साथै उपाध्यक्ष्य गङ्गा राईले हंगकंग तरहरा फोरमको लोगो अंकित टि-शर्ट मायाको चिनो स्वरूप हस्तान्तरण गरेका थिए । अतिथिको रुपमा बोल्दै बिनिता खड्का बस्नेतले हंगकंगको ब्यस्त जीवनमा पनि आफ्नो अमूल्य समय दिएर स्वागत कार्यक्रमको आयोजना गरेकोमा सबैजनालाई धन्यबाद दिंदै हंगकंग तरहरा फोरमको सफलताको कामना गर्दै आफूले पनि सक्दो सहयोग गर्ने बचन दिएकी थिइन ।
तेस्तै गरि नरेन्द्र बस्नेतले पनि आफ्नो मन्तव्यका क्रममा सबैले मिलेर एकजुट हुनुपर्ने जात,भात,वर्ग र समुदाय भन्दा एक नेपालीको पहिचानले अघि बढ्न सकेमा संसारभरिकै नेपालीहरुलाई राम्रो हुने धारणा ब्यक्त गरेका थिए । एक आपसी हक हित र सहयोगको भावनाले सन् २०१३ मा स्थापना भएको हंगकंग तरहरा हाँसपोशा फोरमले भूकम्प लगायतका विभिन्न सामाजिक कार्यहरुमा सहायोग गर्दै आएकोछ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।