सुसन आचार्य , युएई, सम्माननीय प्रधानमन्त्री ज्यू, नमस्कार । म एउटा समान्य कुल्ली हाल साउदीको हायल सेन्टर जेल बाट । प्रधानमन्त्री ज्यु मलाइ खासै लेख्न त मन केहि थिएन तैपनि अन्तिम आशा लिएर आफ्नो वेदना तपाई सामु राख्दैछु । हुनत यो पत्र तपाईंले पढ्नु हुन्न भन्ने मलाई जानकारी छ तैपनि म मरेछु भने पनि बाच्नेले अबस्य पढ्ने छन । कहिले युद्ध ,कहिले बन्द ,त कहिले को हडताल को चपेटामा परि स्वदेश मा आफुले ऋण गरेरै भयनी किनेको त्यै एउटा मिनिबस समेत चलाउन नसक्ने अवस्था भय पछी फ़ेरि भयको जमीन समेत धितो राखेर साउदिको खाडिमा कुल्ली बन्न आयको म अभागी लाइ यस्तो दिन लाग्छ भन्ने के थाहा मन्त्री ज्यु । यहा आयको केहि दिन सम्म त काम र माम को कुनै ठेगाना भयन तर केहि दिन पछी भने नेपाल मा गरियको करार नाम भन्दा फरक भय पनि साउदिकै जाबिराह हायल सिमेन्ट कम्पनीमा ड्राइभर काम पायको थिय सायद मेरो लागी त्यो काम नै अभिसाप थियो होला । मन्त्री ज्यु काम त जसो तसो चल्दै थियो मेरो तर यसरी दैब नै म माथी खनिय पछी मेरो केहि लागेन ।कम्पनी बाट सिमेन्ट लोड गरि कम्पनी कै पार्किङ मा राखेको मैले चलाउने माहबाहक ट्रकमा पाकिस्तानी नागरिक चढी आयको कार आपसमा ठोकिदा कारमा सवार पाकिस्तानी को घटना स्थल मै मिर्तु हुनु नै मेरो लागी सबैभन्दा ठुलो अभिसाप बन्यो । अरुको देस अरुकै सासन अरुकै कानुन म एउटा सामन्य कुल्ली मैले बोलेको कस्ले सुन्ने त्यहा । भन्नेले त घरदेस सम्म पनि रक्सी खायर गाडी चलायको भन्ने गलत सन्देश गाउ गाउ मा भनि सकेका रहेछन तर कठै साउदिको ठाउ त्यो पनि गाडी चलाउने ड्राइभर कसरी खाने कसरी चलाउने …? बाँकी पढ्न यहाँ क्लिक गर्नुहोला ।
सुन्न तथा भीडीयो हेर्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।