माछो माछो भ्यागुत्तो बन्दै कर्णेल लामाको मुद्दा

nepal-officer-kumar-lama-reuters-640x394लन्डन, सन् २०१३ मा लन्डन भ्रमणमा आउने क्रममा लन्डन मेट्रोपोलिटन प्रहरीद्वारा पक्राउ गरिएका नेपालका कर्णेल कुमार लामाको मुद्दा अन्तिम अवस्थामा पुगेर पनि तत्कालका लागि पुन थप ५ हप्ताको लागि लम्बिएकोछ । लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट ओल्ड बेलीमा भइरहेको सुनुवाईमा उनिविरुद्द लगाइएका यातना सम्बन्धि दुई मध्य एक मुद्दामा भने उनले सफाई पाएका छन । १२ सदस्यीय जुरीद्वारा अन्तिम निर्णयमा पुग्नुपर्ने यातनासम्बन्धी अर्को मुद्दामा भने दोषी या निर्दोष भन्ने विषयमा टुंगो नलागेपछि उक्त मुद्दाको सुनुवाई ५ हप्ताको लागि पछि सरेको हो । स्मरण रहोस सरकार र माओवादी सशस्त्र द्वन्द्ताका कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित सैनिक ब्यारेकमा सेनाको गणपति हुँदा माओवादीको आरोपमा थुनामा रहेका शिवपुर गाविसका जनकबहादुर राउत र चनाई गाविसका क्रम हुसेनलाई चरम यातना दिएको भन्दै लामाबिरुद्द बेलायती प्रहरीले अभियोग लगाएको थियो । कर्णेल लामालाई बेलायती क्रिमिनल जस्टिस एक्ट १९८८ को १३४ (१) अन्तर्गतको अभियोगमा मुद्दा चलाईएको थियो । सन् २०१३ मा नेपाल सकारले लामालाई ‘ट्राभल डकुमेन्ट’ नदिने निर्णयसहितको पत्र बेलायतको चेम्ल्सफोर्ड अदालतलाई पठाएपछि उनी नेपाली दूतावसको रोहवरमा धरौटीमा रिहा भएका थिए ।
स्रोत-इकान्तिपुर
फोटो साभार-अनलाईन

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित