हङकङ, आज दिउँसो स्थानीय समय अनुसार ५ बजेर १८ मिनेट जाँदा हङकङमा ५.४ म्याग्निच्युडको भूकम्पको धक्का महशुस गरिएकोछ ।
हङकङ अब्जरभेटरीले दिएको जानकारी अनुसार ३१ जुलाई आइतवारका दिन ५.४ म्याग्निच्युडको भूकम्प गएको कुरा बताएको छ । हङकङबाट लगभग ३४० किलोमिटर उत्तर पश्चिममा पर्ने
चीनको ग्वाङसी प्रान्तको वुजाउलाई केन्द्रबिन्दु पारी भूकम्प गएको जानकारी प्राप्त भएकोछ । हङकङ अब्जरभेटरीले दिएको जानकारी अनुसार ट्रक गुड्दा हल्लिएको जस्तो करिब ४०० भन्दा बढी धक्का रेकर्ड गरिएकोछ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।