हाम्रो नेपाली परम्परा अनुसार साउनको १५ गतेलाई खिर खाने दिनको रुपमा मनाउंदै आईएको पाईन्छ । सामान्यतया हाम्रो नेपाली परम्परामा प्रायजसो महिनामा मौसमअनुसार हरेक प्रकारका भोजनलाई प्रयोगमा ल्याउने प्रचलन रहेको पाईन्छ । जस्तो अक्षय तृतीयाका दिन जौको सातु र सर्बत खाने, कात्तिक महिनामा पर्ने हरिबोधनी एकादशीका दिन पिँडालु र सखरखण्ड खाने, १५ माघमा मालपुवा खाने, हरितालिका तीजको पञ्चमीमा कर्कलोको गाभा खाने, जनैपूर्णिमाका दिन नौथरि गेडागुडी मिसाएको क्वाँटी खाने, मंसिर पूर्णिमामा योमरी खाने चलन विशेष गरि नेवार समुदायमा रहेको पाईन्छ । नेपाल कृषिप्रधान देश भएकाले यहाँ कृषि पेशामा नै धेरै जना आश्रित भएका हुन्छन तसर्थ यो साउनमा धान रोपेर सकेपछी मिठो खिर खाएर रमाईलो गर्ने परम्परा अनुसार साउनको १५ मा खिर खाने प्रचलन रहेको छ । खिरले हिन्दू संस्कृतिमा पनि छुट्टै महत्व राख्ने गर्दछ, पूजाआजा,बिहे, ब्रतबन्ध,श्राद्ध आदिमा विशुद्द परिकारक र प्रसादको रुपमा खिरलाई लिने गरिन्छ । वर्षायाममा पानीले भिजेको शरीरलाई निरोगी बनाई थप उर्जा प्रदान गर्ने उद्देश्यले साउन १५ लाई खिर खाने दिनको रुपमा मान्ने प्रचलन रहेता पनि यसको प्रचलन कहिलेबाट भएको भन्ने तथ्य चाहिं उल्लेख भएको पाइन्दैन । खिर पकाउने सबैको आ-आफ्नै तरिकाहरु हुने गर्दछन विभिन्न मसलाहरुको साथमा तयार गरिने खिरको प्रयोगले स्वास्थ्यमा पनि फाईदा पुग्ने देखिन्छ तर सो कुरा आफ्नो स्वास्थ्यमा पनि भर पर्ने गर्दछ, खिर गुलियो हुने भएकोले मधुमेहका रोगीले यसमा ध्यान पुर्याउनुपर्ने हुछ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।