• Home
  • विविध
    • बेलायत
    • नेपाल
    • प्रवास
    • कला/साहित्य
    • मनोरञ्जन
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • मल्टीमिडिया
    • कार्यक्रमहरु
      • Gurkha News
      • Audio Notes
    • फोटो डायरी
    • एनआरएन
    • विविध
      • सूचना
      • रोचक
      • शुभकामना

ट्रेण्डिङ :

        कोरोना एनआरएनए यूके कोरोना नेपाल भ्रमण वर्ष NRN nrna नेपाली मेला बेलायत कोरोना पत्रकार महासंघ यूके नेपाल कोरोना

लन्डन नेपाल न्यूज डट कमद्वारा कार्यवाहक राजदूतलाई स्वागत सम्मान


  •     / १४ श्रावण २०७३, शुक्रबार २२:२० प्रकाशीत

  • Advertisement

    em3लन्डन- लन्डन नेपाल न्यूज डट कमले बेलायतस्थित कार्यवहाक राजदूत शरदराज आरनलाई स्वागत तथा सम्मान गरेको छ । बिहीबार सांझ दूतावास भवनमा आयोजित एक कार्यक्रमबीच कार्यवहाक राजदूतको सफल कार्यकालको शुभकामना दिइयो ।
    कार्यवाहक राजदूतको स्वागत सम्मान एवं कार्यसफलताको कामना एवं लन्डन नेपाल न्यूज डट कमको तर्फबाट प्रबन्ध निर्देशक आर.के. त्रिपाठी एवं प्रधान सम्पादक शिव भण्डारीले खादा लगाई स्वागत तथा सम्मान एवं कार्यकाल सफलताको कामना गर्नुभयो ।
    स्वागतपछि प्रमुख अतिथि कार्यवहाक राजदूत आरनले मन्तव्यका क्रममा वेबसाइटलाई शुभकामना दिंदै बेलायतको नेपाली समुदाय, देश अनि जनताको हित र समृद्धिका लागि पत्रकारिता गर्न सुझाव दिनुभयो । उहाँले अहिलेको डिजिटल युगमा पाठकहरुको माग पुरा गर्न वेबसाइट कटिवद्ध हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रधान सम्पादक शिव भण्डारी र प्रवन्ध निर्देशक राजकुमार त्रिपाठीले स्वागत गर्दै खबरहरु वेबसाइटलाई अझै समयानुकुल सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मल्टिमिडियाको उच्च प्रयोग गर्दै नेपाली भाषा संस्कृतिको संरक्षणका लागि अभियान चलाइने जानकारी दिनुभयो । em4 बेलायतस्थित नेपाली जनसमूदायलाई एकीकृत गर्दै सूचना सम्प्रेषणको नीति लिने र सहयोगका लागि एनआरएनए यूके, सामाजिक संघ संस्था, राजनीतिक दल एवं भ्रातृ संगठनलाई पनि अपिल गर्नुभयो । कार्यक्रममा आइसीसी सल्लाहकारहरु विश्वआदर्श पण्डित रि. मेजर डमर घले, विशिष्ठ अतिथि एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, एनआरएनए यूके पूर्व अध्यक्षहरु सूर्य गुरुङ र योगेन क्षेत्री, एनआरएनए यूके आईसीसी सदस्य सुष्मा राई, उपाध्यक्ष शान्ति थापा कुँवर, वेबसाइटका सल्लाहकार अर्जुन गौतम, राजन खरेल, तमुधिं लन्डन अध्यक्ष डेभिड गुरुङ, तमु समाज बेलायतका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, नेपलिज इञ्जिनियर्स एसोसिएसन यूके अध्यक्ष घनश्याम पौडेल, उपाध्यक्ष राज पाठक, तमुधिं यूके पूर्व अध्यक्ष सुवसिंह गुरुङ, यती सल्लाहकार डा. मीन रानाभाट, एनआरएनए यूके उपाध्यक्ष हिराधन राई लगायतले व्यवसायिक पत्रकारितामा जोड दिंदै निष्पक्ष र तथ्यपरक समाचारमा ध्यान दिन वेवसाइटको सम्पादक मण्डललाई आग्रह गरेका थिए । कार्यक्रममा दूतावासका थर्ड सेक्रेटरी बाबुकाजी डंगोल एट्याची तेजेन्द्र रेग्मी,कान्तिपुर दैनिकका बेलायत समाचारदाता एवं वीनेपाली डट कमका प्रधान सम्पादक नविन पोखरेल, एनआरएनए यूके उपमहासचिव अर्जुन कटुवाल, आइएमइ यूके निर्देशक कमल पौडेल, युवा बुद्धिजीवी राजन खकुरेल, सिता त्रिपाठी लगायतको उपस्थिति थियो । em2संस्थाका सल्लाहकार अर्जुन गौतम र डिजिटल कोअर्डिनेटर बीरेन्द्र श्रेष्ठलेले सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।उक्त अवसरमा रात्री भोजको प्रायोजन गोल्डेनसीप रेष्टुरेन्टका प्रवन्ध निर्देशक एवं यति नेपाली एसोसिएसनका सामाजिक सचिव देव गुरुङले गर्नुभयो । कार्यक्रममा प्रधान सम्पादक भण्डारी र प्रवन्ध निर्देशक त्रिपाठीले दूतावासप्रति हार्दिक आभार प्रकट गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
    साभार-लन्डन नेपाल न्यूज डट कम, तस्विरः बीरेन्द्र श्रेष्ठ

    गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

    Like this:

    Like Loading…

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    केन्द्रिय मगर संघ यूकेको युवा विभाग अध्यक्षमा दीपक थापा माइथाने
    गायन र नृत्य रियालिटी शो मा छानिए बेलायतबाट ८ प्रतिभा गायन र नृत्य रियालिटी शो मा छानिए बेलायतबाट ८ प्रतिभा
    संघीय संसद्को हिउँदे अधिवेशन ||LIVE||
    Advertisement
    ताजा अपडेट
    • १. विश्वभरका नेपाली पत्रकारहरुलाई एउटै मञ्चमा जोड्ने अन्तिम तयारीमा जापान शाखा

    • २. क्षेत्री समाज बेलायतको १९औँ वार्षिक भेटघाट सम्पन्न, इतिहास समेटिएको पुस्तक विमोचन

    • ३. सात समुद्रपारि नेपाली मौलिकता जोगाउँदै ‘गणेशा ह्यान्डीक्राफ्ट्स’

    • ४. मैत्रीपूर्ण फुटबलमा कार्डिफ र कुम्ब्रान १–१ बराबरी, वेल्सका युवा खेलकुदमार्फत एकताबद्ध

    • ५. पत्रकार महासंघ यूकेमा थपिए सल्लाहकार, १५ औं स्थापना दिवस भव्य रूपमा मनाइने

    धेरै पढिएको
    • १. क्षेत्री समाज बेलायतको १९औँ वार्षिक भेटघाट सम्पन्न, इतिहास समेटिएको पुस्तक विमोचन

    • २. विश्वभरका नेपाली पत्रकारहरुलाई एउटै मञ्चमा जोड्ने अन्तिम तयारीमा जापान शाखा

    © 2016-2024 Gurkha Radio- गोर्खा रेडियो | All rights Reserved.
     Website By :  WebsoftNepal

    Gurkha Radio- गोर्खा रेडियो

    • बेलायत
    • नेपाल
    • प्रवास
    • कला/साहित्य
    • मनोरञ्जन
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • मल्टीमिडिया
    • कार्यक्रमहरु
      • Gurkha News
      • Audio Notes
      • Back
    • फोटो डायरी
    • एनआरएन
    • विविध
      • सूचना
      • रोचक
      • शुभकामना
      • Back

    Loading Comments...

      %d