लन्डनस्थित हंस्लोमा नाटक “समय दृश्य” को मन्चन हुँदै

natak2nलन्डन, नेपालमा गएको विनासकारी महाभूकम्पलाई आधार बनाएर बेलायतमा बस्दै आएका नेपाली कलाकारहरुद्वारा भर्खरै मात्र तयार पारिएको नाटक “समय दृश्य” यहि जुलाई ३० तारिख शनिवारका दिन लन्डनस्थित हंस्लो आर्ट सेन्टरमा पुन मन्चन हुने भएकोछ । यसभन्दा अगाडी पनि उक्त नाटकलाई अप्रिल २३ का दिन बेलायतको रेडिंगस्थित साउथ रेडिंग युथ एण्ड कम्युनिटी सेन्टरमा पहिलो प्रदर्शन गरिएको थियो । करिव तीन महिनाको अथक प्रयासपछि तयार भएको उक्त नाटकलाई पुराना तथा अनुभवी रंगकर्मी सनम कुमार बैरागले निर्देशन गरेका हुन् । नेपाली जनजीवन र परिवेशमा आधारित यथार्थ परक उक्त नाटकलाई भक्त श्यान्तनले लेखेका हुन् भने तेन्जी लामा पाख्रिनको निर्माण प्रस्तुति रहेको छ । फास्ट एजुकेट नेपालको प्रस्तुति तथा इन्टरनेशनल नेप्लिज आर्टिष्ट सोसाइटीको सहयोगमा नाटक समय दृश्यमा बेलायतका स्थानीय कलाकारहरु ज्यासंग लिंगदेन, दीपक गुरुङ, प्रसुना कंडेल, सुरेश श्रेष्ठ, ओमकार अधिकारी, दुर्गा गुरुङ, जानु काम्वांग लिंग्देन, रोशन राइ, अन्जु, सुस्मिता, गङ्गा, अलिसा जस्ता कालाकारहरुले यथार्थपरक भूमीका निर्वाह गरेका छन ।natak। भूकम्पमा ज्यान गुमाएका आफन्त, नवबिबाहित दम्पति एक्लिदाको पीडा, टुहुरा सन्तान र सन्तानको पीडाले छटपटिएको अवस्थालाई चित्रण गरिएको नाटकले सबै नेपालीको मनलाई छोएको निर्देशक सनम कुमार बैरागले बताएकाछन । नेपालका ग्रामिण क्षेत्रका बालबालिकाहरुको शिक्ष्या स्वास्थ्य एवं गाँस, बास, र कपासमा सहयोग पुर्याउने उद्देश्यले उक्त नाटक तयार गरिएको र भविष्यमा अन्य विभिन्न स्थानमा पनि उक्त नाटक मन्चन गरिने योजना रहेकोछ । कार्यक्रम हेर्नको लागि धेरैजना उत्साहित रहेको र नाटकको तयारि पूरा भैसकेको निर्देशक सनम कुमार बैरागले बताएका छन् साथै सबै नेपालीहरुले उक्त नाटक एकपटक अवश्य हेर्नुपर्ने दाबी सम्पूर्ण कलाकार लगायत निर्माताहरुको रहेको छ । Recently Updated4
कार्यक्रम सम्बन्धि प्रोमो हेर्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित