बेलायतमा हुदै गरेको आईटीएफ वर्ल्ड च्याम्पियनसीपको दोस्रो दिनमा नेपाललाई कास्य पदक

13875115_10155026227799008_1696952169_nलण्डन । बेलायतको ब्राइटनमा जारी १८औं एडल्ट तथा सिनियर र १३औं जुनियर आइटीएफ वर्ल्ड तेक्वान्दो च्याम्पियनसीप अन्तर्गत जुलाई २६ देखि जुलाई ३१ सम्म भइरहेको प्रतियोगिताको पहिलो दिन भेट्रानतर्फ ६४ केजी मुनि तौलसमूहमा प्रतिस्पर्धा गरेका लक्ष्मण बस्नेतको ले आएरल्याण्ड का खेलाडी संग ५-२ ले जित हाँसिल गरेका थिए भने दोश्रो दिन भएको सेमिफाइनलमा पोल्याण्ड संग २ बाउट खेलेर ४-२ ले पराजीत भए र तेश्रो स्थान कास्य पदक मै चित्त बुझाउनु पर्यो । उक्त प्रतियोगितामा नेपालबाट ४ खेलाडीहरुले प्रतिनिधित्व गरेका छन् । लक्ष्मण बस्नेत तेक्वान्दो आइटीएफ नेपालका अध्यक्ष एवं अन्तर्रा्स्ट्रिय प्रशिक्षक तथा रेफ्रीसमेत हुन् । उनले प्रतियोगिताको जुनियर तथा सिनियर प्रतियोगितामा रेफ्री का भूमिका पनि निर्वाह गरेका छन् । लक्ष्मण बस्नेत भने आइटीएफ तेक्वान्दोमा नेपाललाई पहिलोपटक अन्तर्रा्स्ट्रिय पदक भित्र्याउने खेलाडी हुन्, उनले सन् २००४ को मलेशिया ओपनमा कास्य पदक जितेका थिए । नेपालका अन्य खेलाडीहरु स्मन बस्नेत, घनश्याम आचार्य खत्री, रघुनाथ बस्नेतको खेलहरु सुक्रबार हुनेछ । कक्षा १० मा अध्ययनरत सस्मन बस्नेतले नेपालमा भएको दोस्रो सगरमाथा खुल्ला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका थिए । उनले १४ देखि १५ बर्ष उमेर समूहमा ६४ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै यसअघि सन् २०१० मा युकेमा भएको विश्व तेक्वान्दो च्याम्पियनसीपमा सहभागी भइसकेका घनश्याम आचार्य खत्रीले सिनियरतर्फ ५४ केजिमुनी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै रघुनाथ बस्नेतले सिनियर ७० केजी तौल तर्फ प्रतिस्पर्धा गर्नेछन ।
तस्वीरः रजेन्द्र केसी / फोटोपत्रकार क्लब नेपाल

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित