लन्डन, हिमालयन इन्टरटेनमेन्ट ग्रुप स्वींडनले यहि जुलाई २४ तारिखका दिन देखि बेलायतका बिभिन्न स्थानमा“हिमालयन म्युजिकल नाईट”को आयोजना गर्दै आएकोछ । जुलाई २४ का दिन स्वीन्डनमा भएको पहिलो कार्यक्रम अत्यन्त सफलताका साथ् सम्पन्न भएको आयोजक मध्यका राजन कुमार क्षेत्रीले जानकारी दिएका छन् । दर्शकहरुले हल खचाखच भरिएको र पहिलोपल्ट स्वीन्डनमा यसरी कार्यक्रम सफल भएको आयोजकले बताएका छन् । नेपालका चर्चित कलाकारहरुको प्रस्तुति रहेको उक्त कार्यक्रममा हास्य कलाकार सन्दिप क्षेत्री, आधुनिक तथा पप गायक धर्मेन्द्र सेवान, आधुनिक गायिका श्रेया सोतांग र नायिका तथा नृत्यांगना रिश्मा गुरुङ कार्यक्रमको लागि नेपालबाट आएका हुन् । तेस्तै गरि दोस्रो कार्यक्रम जुलाई २९ तारिखका दिन उलवीच लन्डनमा, तेस्रोतथा अन्तिम कार्यक्रम जुलाई ३१ तारिखका दिन अल्डरसटस्थित द किंग्स सेन्टरमा हुने भएकोछ । नेपाली कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले भर्खरै मात्र बेलायतको स्वीन्डनमा हिमालयन मनोरंजन समूहको स्थापना गरिएकोउक्त संस्थाले नेपालमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउदै आएका कलाकारहरुलाई बेलायतमा ल्याएर कार्यक्रम गर्ने र त्यसबाट प्राप्त केहि रकम नेपालको सामाजिक कार्यमा लगाउने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले बताएका छन् ।
फोटो-श्याम पुन
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।