नेपाली तेक्वान्दो खेलाडी यूकेमा भिड्दै

13672290_10155016117449008_496420446_nलन्डन, भर्खरै मात्र नेपाली क्रिकेट खेलाडीहरुले लण्डनको लर्ड्स क्रिकेट मैदानमा सफलता हात पारेका छन् । अवसर पाएको खण्डमा र पर्याप्त साधन र स्रोत उपलब्ध गर्न सकेको खण्डमा नेपाली खेलाडीहरु पनि कम छैनन् भन्ने कुराको पुष्टि भैसकेको छ । तेस्तै बेलायतको ब्राइटनमा यहि जुलाई २६ देखि जुलाई ३१ सम्म हुन गईरहेको अठारौँ एडल्ट तथा सिनियर र तेर्हौं जुनियर आई.टी.एफ. वर्ल्ड तेक्वान्दो च्याम्पियनसिपको लागि नेपालबाट भर्खरै मात्र ४ जना तेक्वान्दो खेलाडीहरु पनि बेलायत आएकाछन । जसमा सस्मन बस्नेत, घनश्याम आचार्य खत्री, रघुनाथ बस्नेत र लक्ष्मण बस्नेत लगायत बरिष्ठ पत्रकार राजेन्द्र के.सी. समेत उक्त टोलीमा संलग्न छन् । विद्या विकास बोर्डिंग स्कुल भक्तपुरमा कक्ष्या १० मा अध्ययनरत सस्मन बस्नेतले नेपालमा भएको दोस्रो सगरमाथा खुल्ला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका थिए भने अन्य विभिन्न प्रतियोगिताहरुमा पनि पदक हात पारिसकेका छन् । घनश्याम आचार्य खत्री पनि सन् २०१० मा यूकेमा भएको तेक्वान्दो वर्ल्ड च्याम्पियनसिपमा सहभागी भैसकेका छन् भने ब्रिटिश ओपन च्याम्पियनसिपमा काश्य पदक हात पारिसकेका छन् । 13820383_10155016117999008_1885321090_nत्यस्तै गरि रघुनाथ बस्नेत भेने पहिलोपटक विश्व स्तरको प्रतियोगितामा सामेल हुदैछन | लक्ष्मण बस्नेत भने आई.टी.एफ. तेक्वान्दोमा पहिलोपटक अन्तरास्ट्रिय पदक भित्र्याउने खेलाडी हुन्,उनले सन् २००४ मा मलेशियामा आयोजना भएको मलेशिया ओपनमा कास्य पदक जित्न सफल भएका थिए । सस्मन बस्नेतले १४ वर्ष देखि १५ वर्ष उमेर समूहमा ६४ केजी तौलतर्फ तथा कलर बेल्ट प्याट्रन तर्फ भाग लिनेहरु भने घनश्याम आचार्य खत्रीले सिनियर तर्फ ५४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन । रघुनाथ बस्नेतले सिनियर ७० केजी तौल तर्फ प्रतिस्पर्धा गर्नेछन । तेस्तै तेक्वान्दो आई.टी.एफ.नेपालका अध्यक्ष्य एवं अन्तरास्ट्रिय प्रशिक्ष्यकतथा रेफ्री लक्ष्मण बस्नेतले भेट्रान तर्फ ६४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेभएका छन् साथै जुनियर तथा सिनियर प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्नेछन । मिडिया पर्सनको रुपमा आई.टी.एफ. नेपालका अफिसियल फोटोग्राफर तथा खेल पत्रकार राजेन्द्र की.सी. सहभागी भएका छन् । लन्डन उडेका उक्त टोलीलाई तेक्वान्दो आई.टी.एफ. नेपालका सल्लाहकार आंग तेम्वा शेर्पाले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलबाट बिदाई गरेका थिए ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित