लन्डनमा नेपाली क्रिकेट टिमको ऐतिहाँसिक विजय

13782040_10154347391394282_3429538334388531372_nलन्डन, यहि जुलाई १९ तारिखका दिन नेपाल र बेलायतको सम्बन्धको २०० वर्षको अवसर पारेर लण्डनको विश्वविख्यात क्रिकेट मैदान लर्ड्समा बेलायतको क्रिकेट क्लब एमसीसीसंग भिडेको नेपाल क्रिकेट टोलीले ऐतिहाँसिक सफलता हात पारेकोछ । अठ्ठाईस हजार भन्दा बढीको क्षेमता रहेको उक्त क्रिकेट मैदानमा स्वदेशी तथा विदेशी गरि करिब सात हजार भन्दा बढी नेपालीहरुको उपस्थिति रहेको उक्त खेलमा नेपालले ४१ रनले विजय हाँसिल गरेको थियो । नेपाली क्रिकेट टिमका सागर पुन र बसन्त रेग्मीले ३/३ सोमपाल कामीले २ तथा सन्दिप लामिछाने र शक्ति गौचनले १/१ विकेट लिएका थिए । निर्धारित ५० ओभरको खेलमा नेपालले आठ विकेटको क्षेतिमा २१७ रन हात पारेको थियो । 13754673_10154347393984282_3681391853746152565_n२१८ रनको लक्ष्य लिएर मैदानमा उत्रेको एमसीसी भने ४७.२ ओभरमा १ सय ७६ रनमा अल आउट भएको थियो । क्रिकेट खेलकै मूलघरको रुपमा हेरिने लर्ड्समा खेल्न पाउनु नेपाल र नेपालीकै सौभाग्यको रुपमा लिन सकिन्छ । त्यसमाथि पनि उक्त खेलमा नेपालले हात पारेको विजयले नेपाली क्रिकेट टोलिलाई भविष्यको लागि ठूलै हौसला मिल्न पुगेकोछ । हुन त लन्डन आउनासाथ खेलिएका सबै प्राक्टिस म्याचहरुमा मा नेपाली क्रिकेट टोलीले सफलता हात पर्दै आएको थियो जसले गर्दा पनि उनीहरुलाई थप ऊर्जा मिलेको थियो । खेलमा सफलता हात पार्न सकिन्छ भन्ने नेपाली खेलाडीहरुले बताउंदै आएका थिए । खेलको जोडघटाउ नबुझे पनि नेपाल र नेपालीको गौरवको रुपमा हेरिएको यस मैत्रीपूर्ण खेलमा बेलायतका बिभिन्न स्थानहरु जस्तै वेल्स,स्कटल्याण्ड,पिटरबरो,लिभरपुल जस्ता स्थानहरुबाट समेत दर्शकहरुको ओइरो लागेको थियो ।13697098_10154347366589282_1827626737365435636_n विश्वप्रख्यात लर्ड्स मैदान लगायत वरपर नेपाल र नेपालीमय बनेको थियो । नौमती बाजाको धुन, गोर्खा ब्रिगेडको धुन होस् या ३२ डिग्री प्लसको तापक्रममा हुटिंग हान्नेहरुको हुलले होस् खेलाडीहरुलाई त्यत्तिकै जोश, जाँगर र उत्साहका साथ् हौसला प्रदान गरेको थियो । यस खेलले गर्दा नेपाली क्रिकेट खेलको स्थान विश्वमा नै उच्च स्थानमा रहन पुगेकोछ । आगामी अगष्टमा नेदरल्याण्डमा हुन् गैरहेको क्रिकेट खेललाई पनि थप यस विजयले नेपाली क्रिकेट टोलीलाई थप हौसला मिलेको छ । लण्डन् नेपाली दूतावास,बेलायतस्थित नेपाली संघसंस्था, मिडिया तथा व्यक्तिहरुको अथक प्रयासका कारण सफल उक्त खेलका दिन पनि दर्जनौं स्वयंसेवकहरुले महत्वपूर्ण भूमिका निभाएका थिए । सबै मिलेर एक हुन् सके सफलता हात पार्न सकिन्छ र सबै नेपालीहरु एक हुनुपर्छ भन्ने शन्देश पनि यसपटकको लन्डनमा भएको क्रिकेट खेलले देखाएको छ । फोटो एल्बमको लागि यहाँ क्लिक गर्नुहोला । 13726765_1352373194776385_4696914925315218295_n

13718505_10154347352959282_6841178222585401042_n

13709789_10154347347129282_3801057218765865731_n

13754208_10154347299729282_4862532843655466677_n

13728994_10154347349634282_8193184162996582808_n (1)
13718632_10154347351434282_8133733400113411723_n (1)
13700203_10154347355364282_506197641750101874_n

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित