आज गुरू पूर्णिमा यस दिनलाई ज्ञानको ज्योति दिलाई अन्धकारबाट उज्यालोतर्फ बाटो देखाउने गुरूलाई सम्मान गर्ने दिनको रुपमा लिने गरेको पाईन्छ । गुरुले दिने ज्ञान र त्यस्को मानव जिवनसँगको सम्बन्ध एकदमै गहिरो रहिआएको छ । चाहे हामी जुनसुकै धर्म या सम्प्रदायको भएपनि ज्ञान र सिप ग्रहणगर्नका लागी गुरु र गुरुतत्वको ठूलो महत्व छ र संसारमा शायद ज्ञान मात्र यस्तो कुरा हो जसलाई जति बाँढ्यो उत्ति बढ्दै जान्छ । हाम्रो संस्कार र संस्कृतीमा पनि गुरुको स्थान उच्च मानिन्छ । गुरुलाई हामी माता पिता भन्दा पनि पहिलो देवताको स्थानमा राखेर पुज्छौ । गुरुले आफ्ना शिष्यहरुसंग आत्मा र परमात्माको बीचमा सेतु भेएर काम गर्छन् । जसरी सुर्य को प्रकाश पराबर्तन गरेर चन्द्रमाले कालो रातलाई उज्यालो बनाउछ राम्रा गुरुको ज्ञान लिएका शिष्यहरुले संसारलाई नै उज्यालो पार्ने काम गर्दछन ।
गुरुब्रह्मा गुरुविष्णु गुरुर्देवो महेश्वरः |
गुरुः साक्षात् परम्ब्रह्मा तस्मै श्रीगुरुवे नमः ||
अर्थात,गुरुनै सबै हुन्। ब्रम्ह, बिष्णु र महेस्वर ।
उनलाई म प्रणाम गर्दछु ।
गुरु व्यास को सम्झनामा गुरु पुर्णिमा मनाइने परम्परा शुरु भएको मानिंदै आएको बिस्वाश गरिन्छ । गुरु व्यासले चार वेद, अथर पुरण, महाभारत र श्रिमद भागवत गीता पनि लेखेका हुन । उनी गुरुहरुका गुरु दतरात्रय का पनि गुरुका रुप मा मनिन्छन । हिन्दू संस्कृतिमा कुनै पनि तन्त्र, साधना तथा मन्त्र सिक्नका लागि गुरु पुर्णिमाको दिन लाई अति उतम मानिन्छ ।’गु” को अर्थ अन्धकार हो र रु को अर्थ अन्धकारलाई चिर्ने उज्ज्यालो हो । त्यसैले जसले हाम्रो जीवनबाट अज्ञानताको अन्धकारलाई नास गरेर ज्ञानको उज्यालो प्रकाश छर्दछन, ति महान व्यक्ति गुरु हुन् । त्यस्ता गुरुप्रति सम्मान र सद्भाव कायम राख्नु सबैको कर्तब्य हुन् जान्छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





