श्रावण महिनालाई हिन्दूहरुले पवित्र महिनाको रुपमा लिने गरेको पाईन्छ । श्रवण महिनाको प्रत्यक सोमबारले विशेष महत्व राख्ने भएकोले महिलाहरुले हरियो चुरा, लुगा पोते तथा हातगोडामा मेहन्दी लगाएर मन्दिर जाने प्रचलन रहेको छ । आजकै दिनबाट सूर्य दक्षिणतर्फ लाग्ने भएकोले यस दिनलाई दक्षिणायन पनि भनिन्छ । हरियो रंगलाई यस अवसरमा प्राथमिकता दिनुको छुट्टै महत्व रहेको छ । आफ्नो चाहना अनुरुपको जीवनसाथीको आकांक्ष्या र परिवारमा सुख, शान्तिको कामना रहोस भनेर पनि रंगीन चुराहरुको प्रयोग गरिन्छ । विशेषगरि श्रावण महिनामा बढी गर्मि हुने र पानि पर्ने असार महिनाभरी हिलो मेलोमा काम गर्नुपर्दा छालामा विभिन्न रोग लाग्ने भएकोले साउने सक्रान्तिका दिन लुतो फाल्ने प्रचलन रही आएकोछ । यस दिन साँझ अँगेनामा कुरिलो र तितेपाती सल्काएर अँगेनाबाट अगुल्टो निकाली चारै दिशामा घुमाउंदै “लुतो लैजा ” भनेर लुतो फ्याकिन्छ भने कतिपयले शरीरमा माटो दलेर नुहाएमा लुतो जाने जनविश्वास गर्दछन । त्यस्तै कसैले भन्टामा दुलो पारि चौबाटोमा फालेर लुतो हट्ने विश्वास गर्दछन । पहिलाको समयमा यो सत्य सावित भएपनि बर्तमान बैज्ञानिक युगमा भने यसलाई विश्वास गर्नेको संख्या कमै पाइन्छ ।
फोटो साभार- अनलाईन
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।
आज साउने सक्रान्ति पर्व / लुतो फाल्ने दिन
आज साउने सक्रान्ति पर्व / लुतो फाल्ने दिन
तपाईको प्रतिक्रिया