लण्डन । नेपाल व्रिटेन डट कमको नवौं वार्षिकोत्सवको उपलक्ष्यमा “नेपालको भूकम्प पछिको चुनौती र अवसर” विषयक एक दिने कार्यशाला गोष्ठी आगामी आइतवार लण्डनमा हुने भएको छ । उक्त गोष्ठी सोसाइटी अफ नेप्लिज हाइलिस्किल्ड प्रोफेसनल युके तथा नेपाल व्रिटेन डट कमको संयुक्त आयोजनामा हुन लागेको हो । वेलायतस्थित विभिन्न विश्वविद्यालय तथा संघ सस्थाहरुमा कार्यरत प्रोफेसर तथा इन्जिनियरहरुले कार्यपत्र प्रस्तुत एवं सो माथि टिप्पणी गर्नेछन् । नेपाल पूनरनिर्माण प्राधिकरणका प्रमुखकार्यकारी अधिकृत सुशील ज्ञवालीले भिडियो कन्फरेन्स मार्फत कार्यक्रमलाई सम्वोधन गर्नुका साथै विविध जिज्ञासाका उत्तर दिने भएकाछन् । उक्त कार्यक्रमलाई दुई चरणमा बाँडिएको छ । पहिलो चरणमा कार्यशाला गोष्ठी तथा दोश्रो चरणमा नेपाल व्रिटेन डट कमबाट १० जनालाई मिडिया ब्यक्तित्व२०१६ ले सम्मान गरिने कार्यक्रम छ । डा. हेमराज शर्मा (प्राध्यापक,लिभरपुलविश्वविद्यालयतथा सल्लाहकार, सोसाइटी अफ नेप्लिज हाइलिस्किल्ड प्रोफेसनल यूके) र भगिरथ योगी (विविसि रेडियो नेपाली सेवा तथा सल्लाहकार सोसाइटी अफ नेप्लिज हाइलिस्किल्ड प्रोफेसनल यूके ) मोडरेटर रहेको उक्त गोष्ठीमा सोसाइटी अफ नेप्लिज हाइलिस्किल्ड प्रोफेसनल यूकेका पूर्व अध्यक्ष नारायण भट्टराईले कार्यशाला गोष्ठीको औचित्यबारेमा प्रकाश पार्ने छन । डा. कृष्ण उपाध्याय (अध्यक्ष, इन्टरनेशनल सोलिडयारिटी फर नेपाल ) तथा डा. कृष्ण अधिकारी (अक्सफोर्ड युनिभरसिटीका रिसर्च फेलो), इन्जिनियर द्वय लेखनाथ खरेल र रामकृष्ण अधिकारी (सचिव र कोषाध्यक्ष, सोसाइटी अफ नेप्लिज हाइलिस्किल्ड प्रोफेसनल यूके ), डा. एञ्जेल मगर (प्रमुख सम्पादक, नेपाल मेडिकल एसोसिएसन), र डा. तेजेन्द्र फेराली ( प्राध्यापक, यु.सि.एल. तथा अध्यक्ष, सोसाइटी अफ नेप्लिज हाइलिस्किल्ड प्रोफेसनल यूके) ले प्रस्तुत गर्ने कार्यपत्रमा क्रमश जीवा लामिछाने (गैर आवासिय नेपाली संघका संरक्षक) इन्जिनियरद्वय श्याम थापा तथा कृष्ण सिटौला (सदस्य सोसाइटी अफ नेप्लिज हाइलिस्किल्ड प्रोफेसनल यूके ) डा. कपिल रिजाल तथा डा. बच्चुकैलाश कैनी (क्वीन इलिजावेथ अस्पताल तथा सदस्य सोसाइटी अफ नेप्लिज हाइलिस्किल्ड प्रोफेसनल यूके ) र हरिश ज्ञवाली (प्राध्यापक,जी एस एम यूके तथा सदस्य, सोसाइटी अफ नेप्लिज हाइलिस्किल्ड प्रोफेसनल यूके) ले पालै पालोे टिप्पणीे गर्नेछन् । विदेशमा रहेतापनि मातृभूमिप्रतिको आफनो कर्तब्यलाई कार्यशाला गोष्ठी मार्फत एडभोकेसी गर्ने र संसारभरि छरिएर रहेका नेपाली ब्यवसायिका दक्ष जनशक्तिलाई परिचालनगर्न सक्ने ठाउँ देखाउनर मिलेर गरे के हुन्न भन्ने कुराको नमूना उक्त गोष्ठी हुनसक्ने संस्थाका उपाध्यक्ष दीप गिरीले बताए । बेलायतकालागि नेपालका कार्यबाहक राजदूत शरदराज आरनको प्रमुख आतिथ्यमा संचालन हुन लागेको उक्त कार्यक्रममा एनआरएनका अध्यक्ष मुक्षेत्र गुरुङ्ग लगायतका पदाधिकारीहरु, संरक्षक रामप्रताप थापा , सल्लाहकारहरु डम्बर घले, विश्वआदर्श पंडित, युरोप संयोजक कुलआचार्य तथा बेलायतस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने बताइएको छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।