लन्डन, यहि जुलाई १२ तारिख मंगलवारका दिन साँझ लन्डनस्थित नेपाली दूतावासले नेपालबाट आएका क्रिकेट खेलाडीहरुको सम्मानस्वरूप एक स्वागत कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा बेलायतका विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्दिजीवी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । जुलाई १९ तारिखका दिन विश्व प्रशिद्द लर्ड्स क्रिकेट मैदानमा हुन् गैरहेको मैत्रीपूर्ण क्रिकेट खेलको लागि नेपाली क्रिकेट टोलि लन्डन आएका हुन् । सो कार्यक्रममा संघसंस्था लगायत उपस्थित सबैले १५ जना क्रिकेट खेलाडी प्रशिक्षक तथा साथमा आएका अफिसियलहरुलाई खादा लगाएर सम्मान तथा सफलताको लागि बधाई दिएका थिए । क्रिकेट खेलाडीहरुसंग फोटो खिच्ने र सेल्फी हान्नेको जतातै घुइंचो लागेको देखिन्थ्यो । बेलायतका लागि नेपाली कार्यबाहक राजदूत शरदराज आरनले आफ्नो मन्तव्यका क्रममा यस ऐतिहासिक खेललाई सबैले मिलेर सहयोग गरेर सफल पार्नको लागि आग्रह गरेका थिए । नेपाल बेलायत कुटनीतिक सम्बन्धको दुई सय वर्षका सन्दर्भमा हुन लागेको ऐतिहासिक खेल नेपाल र नेपालीकै गौरवको बिषय भएकोले यसलाई सफल पार्नु सबैको कर्तब्य रहेको बताएका थिए । तेस्तै गरि एनआरएन अध्यक्ष्य मुछेत्र गुरुंग तथा डा. राघव धिताल (ओबिइ) ले पनि समस्त नेपाली समुदाय नै एक भएर लाग्नको लागि अनुरोध गरेका थिए । नेपाल क्रिकेट टिमका क्याप्टेन पारस खड्काले पनि मन्तव्यका क्रममा लार्ड्स मैदानमा खेल्न पाउनु नेपालको लागि ठूलो सौभाग्य रहेको र एमसिसी संग खेल्न आफूहरु उत्साहित रहेको बताएका थिए भने एमसीसीका प्रतिनिधि जोन स्टेफन्सनले नेपालसँगको मैत्रीपूर्ण खेलका लागि आफुहरु पनि खेलाडीहरुलाई स्वागत गर्न आतुर रहेको बताएका थिए । दूतावासका अट्याची तेजेन्द्र रेग्मीले संचालन गरेको सो कार्यक्रममा क्रिकेट खेलको बारेमा हालसम्मको प्रगति तथा भावी योजनाको बारेमा जानकारी गराउंदै एभेरेष्ट गौतम, गणेश खड्का, दीपक श्रेष्ठ र ज्ञाम गुरुङले आ-आफ्नो तर्फबाट मन्तव्य प्रस्तुत गरेका थिए । सोहि कार्यक्रममा टिसर्ट बिक्रीबाट प्राप्त रकम नेपालि क्रिकेट टोलीका क्याप्टेन पारस खड्कालाई हस्तान्तरण गरिएको थियो ।
फोटो-एभेरेष्ट गौतम
क्रिकेट खेलको प्रोमोको लागि तलको प्ले गर्नुहोला
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।