लन्डन, विश्वप्रशिद्द लर्ड्स क्रिकेट मैदानमा एमसीसी (मार्लेबोन क्रिकेट क्लव) र नेपाल क्रिकेट टिमबीच यहि जुलाई १९ तारिखका दिन हुन् गैरहेको मैत्रीपूर्ण क्रिकेट खेलको लागि नेपाली क्रिकेट टोलि जुलाई ११ तारिखका दिन साँझ लन्डन आइपुगेकाछन । नेपाल बेलायतको सम्बन्धको २०० वर्षको अवसर पारेर नेपाली दूतावासको पहलमा हुन् लागेको उक्त क्रिकेट खेलमा १० हजार नेपालीहरुको सहभागिता जनाउने लक्ष्य राखिएको भएतापनि ५ हजारभन्दा बढीको उपस्थिति हुने भने पक्का भैसकेकोछ । उक्त ऐतिहासिक खेलका लागि आउने कप्तान पारस खड्का सहित १५ खेलाडी तथा प्रशिक्षक जगत टमाटाका साथै अन्य व्यक्तिहरु पनि उनीहरुको साथमा आएकाछन । उक्त क्रिकेट टिमलाई १२ तारिखका दिन नेपाली दूतावास लण्डनमा स्वागत समारोहको आयोजना गरिएकोछ । साथै नेपाली खेलाडीहरुद्वारा प्रशिक्षण लगायत बिभिन्न स्थानहरुमा केहि म्याच समेत खेल्ने योजना रहेकोछ क्रिकेट खेल हेर्न १६ वर्ष मुनिका लागि प्रवेश निशुल्क गरिएकोछ र बयस्कको लागि टिकट दर १० पाउण्ड निर्धारित गरिएकोछ भने ६५ वर्ष भन्दा माथिका लागि टिकटको लागि ५ पाउण्ड मात्र तोकिएकोछ । जसकोलागि उमेर खुलेकोपरिचय पत्र पेश गर्नुपर्नेछ । क्रिकेट खेल हेर्नको लागि सामान्य नियमहरुको पालना गर्नुपर्नेछ अन्यथा प्रवेश निषेध गरिनेछ । रास्ट्रिय पोशाक तथा धार्मिक तथा परम्परासंग सम्बन्धित कपडाहरुको प्रयोग गर्न पाइनेछ भने नेपालको झण्डा भएका टिसर्ट तथा युनिफर्म पनि लगाउन पाइनेछ । फेन्सी ड्रेस,जिप अप ज्याकेट,सेनासंग मिल्दोजुल्दो ड्रेस,व्यापारिक बिज्ञापन तथा व्यंग्यात्मक र गालि गलौज ईत्यादी भएका कुनै पनि कपडा निषेध गरिएकोछ । दर्शकहरुले हल्का खाजा आफैले लिएर जान सक्नेछन तर अल्कोहलको लागि भने ६ प्रतिशत भन्दा कम भएमा २ पाइन्ट र ६ देखि १८ प्रतिशत भएमा ७५ सिएल सम्म लैजान सकिनेछ । उक्त क्रिकेट खेलका लागि बेलायतका संघ संस्थाहरु तमूधि यूके, मगर संघ यूके, गैरआवासीय नेपाली संघ यूके, गोर्खा ब्रिगेड, क्यूओजीएलआर अल्डरशट, हेटक्वाटर ब्रिगेट अफ गोर्खालगायतका दर्जनौं संघसंस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकाछन ।
प्रोमो सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।