लन्डन । बेलायतबाट सञ्चालित नेपाल ब्रिटेन डट कमको नवौं वार्षिक उत्सव कार्यक्रमको तयारी तीव्र रुपमा भइरहेको जनाइएको छ । आगामी १७ जुलाई आइतवार लन्डनस्थित ब्लुअर्किट रेष्टुरेन्ट हलमा आयोजना हुने सो कार्यक्रमका लागि गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछाने, संस्थापक नेता रामप्रताप थापा, उपाध्यक्ष कुमार पन्त आउने निश्चित भइसकेको नेपाल ब्रिटेन डट कमका अध्यक्ष चिरन्जीवी ढकालले जानकारी दिए ।
संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलाई समेत आमन्त्रण गरिएको छ । बेलायतका लागि नवनियूक्त कार्यवाहक राजदूत शरदराज आरन, एनआरएन यूके, बेलायतस्थित नेपाली संघ संस्थाका प्रतिनिधिको समेत उपस्थिति रहनेछ । अध्यक्ष ढकालका अनुसार एक दिने सो कार्यक्रमलाई दुई चरणमा सम्पन्न गरिने छ । पहिलो चरणमा उद्घाटनसत्र तथा बेलायतस्थित नेपाली समुदायतबाट छनोट भएका चर्चित ब्यक्तित्वलाई मिडिया प्रशनालिटी अफ दि एयरले सम्मान गरिने छ । गतबर्ष नेपालको भूकम्पका कारणले मिडिया प्रशनालिटी अफ दी एयर २०१५ ले सम्मानित हुन बाँकी रहेका ब्यक्तित्व र सन् २०१६ का लागि छनोट भएका ब्यक्तित्वहरुलाई एकैपटक सम्मान गरिनेछ । दोस्रो चरणको कार्यक्रममा भूकम्पपछि नेपालको पूनर्निमाणमा चुनौति र अवसर बिषयमा बेलायतस्थित बिभिन्न विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरुले आफ्नो कार्यपत्र प्रस्तुत गर्ने छन् । ती कार्यपत्रमाथि गैरआवासीय नेपाली संघका नेता तथा कार्यक्रममा सहभागीले टिप्पणी गर्ने छन् । सन् २००७ बाट निरन्तर समाचार सेवा सञ्चालन गर्दै आएको नेपाल ब्रिटेन डट कमको विश्वका ९० देशमा लाखौंको संख्यामा पाठक छन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





