बाल्टिमोर, मेरिल्याण्ड, अमेरिका – हैन दाई यो अमेरिकामा नेपालीहरु एकआपसमा बाटोमा हिड्दा भेट हुँदा पनि बोल्दैनन् हामी कतारमा काम गर्दा यसो कहिलेकाही बजार जाँदा नेपाली भेटिदा आफ्नै गाउँको दाजुभाई भेट भए झै मानेर बोलचाल गरिन्थ्यो तर यता त बरु बाटोमा हिड्दा काले, गोरे, स्पानिसहरुले ” हेलो(हाय) हाउ आर यु सर/मेडम/मेम” भन्छन् तर नेपालीबाट यस्तो व्यवहार पाईएन भनेर एकजना हितैषी भाईले हिजो मात्रै मसँगको भेटमा भने त्यसले मेरो मानसपटलमा एक झड्का राम्रै सँग हान्यो र दुई चार शव्द लेख्न मन लाग्यो ।
वास्तवमा आफ्नो गाउँठाउँ वा जन्मेको ठाउँ वा देश छोडेर सात समुन्द्र टाढा आउँदा पक्कै पनि आफ्नो मुलुकको मान्छे भेट्दा निकै खुशी लाग्नु पर्ने हो र यसो भए यो स्वाभिक पनि हुने हुन्थ्यो । प्रायः भारत लगायत अन्य खाडी मुलुक जानेहरुले भेटघाटको क्रममा आफुहरुले विदेशी ठाउँमा अरु नेपालीलाई भेट्दा निकै खुशी लाग्छ, घरपरिवार, छरछिमेकीनै भेटेको महशुष हुन्छ भनेर व्यक्त गरेको पनि पाईन्छ । यद्यपी अमेरिका तिर पहिलो पटक नेपालबाट फ्लोरिडा आउँदा नेपालीहरु भेट्दा मलाई पनि निकै खुशी लागेको थियो । पूरा पढ्नको लागि यहाँ क्लिक गर्नुहोला ।
सुन्न तथा हेर्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।