म चङ्गा तिमी मेरो लट्टाई ! – सुनिल मणि दाहाल

मलाई चङ्गा बनाई आकाशमा उढाउने मेरो जीवनको लट्टाई प्रति समर्पित
हामी जिउन लागि भन्दै आफ्नो र आफ्ना प्रियजनहरुको जिन्दगी बर्बाद गर्दैछौ
!

brtnepal_20160630084518_9घरबाट वाशिङ्टन डिसी स्थित मेरो कार्यालय आते जाते गर्न दुई घण्टा लाग्छ । करिब पाँच वर्ष अघीको कुरा हुदो हो, एक दिन भने कार्यालयबाट छिट्टै घर फर्किए । बेलुकाको करिब पाच बजेको थियो होला । छिट्टै घर आएर केही समय श्रीमतीसँग कुरा गर्ने, छोरा छोरीको पढाइको बारेमा छलफल गर्ने र नजिकै रेस्टुरेण्टमा सँगै डिनर खाने योजना बुनेको थिए । नेपालमा रहदा अनुकूल मिलाएर हामी यस्तै गर्थेउ ।

एक घण्टाको ड्राईभ पश्चात् घर पुग्दा श्रीमती कामबाट फर्की सकेकी रहेछिन । बैठकको ठुलो स्क्रिन भएको टिभीमा कुनै सिरियलमा लठ्ठिएकि थिइन उनी । सोफामा ल्यापटप ब्याग राखी उनले टिभी हेरुन्जुल कार्यालयको केही काम सकिहालौ भनी ल्यापटपमा म पनि एकोहोरिए ।

श्रीमतीसँग केही मिठा कुरा गरौला र पछि डिनर खान बाहिर निस्कौला भन्ने सोच्दा सोच्दै झपक्क रात परेछ । भित्ताको घडीले दस बजाएको न त उनले चाल पाइन न मैले नै ।

श्रीमतीले नजिकको डाइनिङ्ग टेबलमा खाना राखी दिइन । म चुपचाप डिनर खान थाले । डिनर खाएर एकछिन नजिकको पार्कमा घुम्न जाऊ, गफ गरौँ भने उनीलाई । उनी खुसीले फुरुंग भईन र सहमति जनाईन । बाँकी पढ्नको लागि यहाँ क्लिक गर्नुहोला ।

सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित