लन्डन, गैर आवासीय नेपाली संघ यूकेले निर्माण गर्न लागेको नेपाल हाउस प्रोजेक्टको लागि रकम संकलन गर्ने उद्देश्यले २ जुलाई शनिवारका दिन अल्डरसटको एम्पायर ब्यान्कुटिंग हलमा गैरआवासीय नेपाली संघ बेलायतले एक च्यारिटी डिनरको आयोजना गरेको थियो । उक्त च्यारिटी डिनरमा बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, ब्यक्तिहरु लगायत पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । करिब १५ लाख पाउण्डको लागानीमा बनाइन लागेको उक्त नेपाल हाउसका लागि उक्त च्यारिटी डिनरबाट मात्रै ८० हजार ३ सय ७० पाउण्ड बराबरको रकम संकलन हुने प्रतिबद्दता आएकोछ । उक्त रकमको लागि प्रतिबद्दता जनाउने ब्यक्ति तथा संस्थाको विस्तृत जानकारी भने सार्वजनिक हुन् बाँकी नै छ । यहि जुलाई १ तारिखबाट बेलायतस्थित लन्डन दूतावासमा कार्यबाहक राजदूतको रुपमा कार्यभार सम्हालेका शरदराज आरनलाई गैरआवासीय नेपाली संघका तर्फबाट स्वागत तथा सम्मान समेत गरिएको थियो । कार्यक्रममा बोल्ने क्रममा सबैले बेलायतमा बन्न लागेको नेपालीहरुको साझा घरको सफलताको कामना गर्दै सहयोगको लागि सबैले एकजुट हुनुपर्ने बताएका थिए । कार्यक्रमको अध्यक्ष्यता गैरआवासीय नेपाली सँघ यूकेका अध्यक्ष मुछेत्र गुरुङले गरेका थिए भने कार्यबाहक राजदूत शरदराज आरन र एनआरएन यूके अध्यक्ष्य मुच्छेत्र गुरुंगले पानसमा बत्ति बालि सयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघका सल्लाहाकारद्धय विश्वआर्दश पण्डित, डमर घले, पूर्वअध्यक्षहरु कुल आचार्य, योगेन क्षेत्री, सूर्य गुरुङ, महेन्द्र कंडेल, पूर्व एनआरएन यूरोप संयोजक चिरन्जीबी ढकाल, लक्ष बहादुर गुरुङ, ब्यवसायीहरु कृष्ण भट्ट, कमल भण्डारी, किशोर सापकोटा, ज्ञाम गुरुङ, नेपाली दूतावास लन्डनका एट्याची तेजेन्द्र रेग्मीको पनि उपस्थिति रहेको थियो । नेपाल हाउसको शिलान्यास कार्य यसै वर्षको अन्त सम्ममा गरिने लक्ष्य रहेकोछ ।
फोटो-शिव भण्डारी
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।