सामान्य दिनहरु भन्दा उनको याद आज अलि धेरै नै आइरहेको थियो । ठ्याक्कै चार बर्ष अगाडि आजकै दिन त भेट भएको थियो उनीसंग । भित्तामा उनको मन्द मुस्कान सहितको उज्यालो अनुहारको फोटो झुन्डिरहेको छ । हाम्रो मायाको चिनो यहि एउटा फोटो मात्र बाँकि छ म संग । यदि त्यो फोटोमा आत्मा हुँदो हो त उनको फोटो अगाडि बसेर उनी संगको बिछोड पछिको मेरो तड्पाँइ , उनलाँइ सम्झेर रोएका हरेक पलहरु देखेर म प्रति गहिरो सहानुभुति प्रकट गर्थ्यो होला त्यो तस्बीरले । फोटोको बाहिरी फ्रेममा अलिअलि धुँलो लागेछ । उठेर धुलो पुछ्न हात नजिकै लम्काए तर फोटोमा छुने हिम्म्त गर्न सकिन । जब उनले मेरो प्रेम प्रस्ताब स्विकारीन् र मलाँइ पहिलो पटक उनको शरीर छुन अनुमति दिए पश्चात मैले उनको अनुहारमा हल्का हातले स्पर्श गरेको थिए । त्यो क्षण बिर्सन मैले आफैलाँइ भुल्न पर्छ । त्यो फोटोमा छोएर बिछोडको पिडाँ झन् बल्झाउँने हिम्मत गर्न सकिन । नजिकै सोफामा थचक्क बसे र फल्यास ब्याकमा गए । उनि बिछट्टै राम्री र म पनि हेरिनसक्नु सुन्दर भएर एकले अर्कालाइ मन पराएका थिएनौ । मलाँइ त पुरुष भन्दा नारि सधै राम्री लाग्छिन् , उनी पनि अबश्य नै म भन्दा धेरै राम्री थिइन् । तर मेरो हेराँइमा आकर्षण थिएन । स्वार्थी र मतलबि माया सायदै गरिएन । मैले अहिले सम्म प्रेमको सर्बमान्य परिभाषा भेटेको छैन , फरक( फरक मान्छे र ब्यक्तिहरु बिच प्रेमको फरक( फरक सकारात्मक र नकारात्मक परिभाषाहरु परिभाषित छन् । प्रेम जिबन जिउँने बाटो हो । प्रेम निस्वार्थ हुन्छ । प्रेममा स्वार्थ लुकेको हुन्छ । प्रेम नपाउँदा सम्म अमुल्य हुन्छ , पाइसकेपछि त्यो बेकारको चिज बन्छ । प्रेमको सर्बमान्य परिभाषा स्थापित हुन नसक्नुको कारण पनि प्रेमि( प्रेमिका बिच माया गर्ने ,माया दर्शाउने तौर, तरिका फरक भएर होला । मेरो लागि चाँहि माया( प्रेमको परिभाषा संसारकै सबैभन्दा सुन्दर बहुमुल्य चिज । यो बिना जिबन र जगतको अस्तित्व असम्भब छ । प्रेममा , त्याग हुन्छ , तपस्या हुन्छ । स्वार्थ हुँदैन । प्रेम निश्चल र कोमल हुन्छ । प्रेम शक्ति हो उर्जा हो । अनि यो संसारको सुन्दर चिज प्रेम आफैमा सुन्दर छ , मैले हामी दुइ बिचको मायाँ लाँइ सिंगार्न मात्रै खोजे , मायाले सिंगारे , रिस उठेको बेलामा मौनताले सिंगारे , आपसी असमझदारी बढ्दा बल्झाउन नलागि सल्टाउन तिर लागेर सिंगारे । अबिश्वास र शंका लाँइ हाम्रो वरिपरि पनि आउँन नदिइकन सिंगारे । प्रेम जिबन्त राख्न मैले आफुँले सक्ने जति सबै कुराँ गरे । त्यसो त उनले पनि कम गरिनन् मलाँइ खुशी पार्न । उनी भन्थिन् तिम्रो खुशी भन्दा पर मेरो लागि अरु कुनै स्वार्थ छैन । तिम्रो अंगालोमा म आफुँलाइ संसारको सबैभन्दा भाग्यमानी नारी ठान्छु । म तिमिबाट यत्ती चाहाँन्छु मलाँइ गर्ने मायाँ कहिल्यै कम नहोस् । एक तमासले बिगत सम्झिदा हामी दुबै एकले ( अर्कालाइ खुशि राख्नै तल्लिन रह्यौ र त कुनै दिन पनि हाम्रो माया (प्रेममा दरार आएन । सधैभरि सुमधुर सम्बन्ध रह्यो । हामी दुबै प्रेमको महासागरमा कहिल्यै उत्रन नसक्ने गरेर डुबेका थियौ । अहिले पनि ति पुराना रमाँइला दिनहरु सम्झेर मन रोमान्चित हुन्छ । मन भित्र एकैचोटि प्रेमका ज्वारभाट हरु उठ्न थाल्छन् । जिउ पुरै प्रेममय भएर समुन्द्रमा सुनामि गए जस्तै मनभित्र प्रेमका छालहरु उफ्रिन थाल्छन् । दिनहरु रमाँइलो संग बितिरहेकै थिए । खुशीहरु हाम्रो आँगनभरि ढकमक्क फुलिरहेका थिए । खै हाम्रो मायाँमा कसैको आखाँ लाग्यो या मेरो भाग्यमा जिबनभरी उनको साथ नलेखेको भएर हो एकदिन उसले अचानक आएर अब हाम्रो सम्बन्ध टुंगाउ भनिन् , मैले मजाक नगरभने , उनले साचो हो अब हामी हिड्ने बाटो अलग भयो , सक्छौ भने माफ गर भनिन् । मैले कारण सोधे , उनले बाँध्यता भनिन् , तर कस्तो बाँध्यता खुलाउँन चाहिनन् । एकछिन निशब्द भए । म बोल्न सकिन मौन भए मेरो मौनता उनले म देखि छुटकाराको स्विकारोक्ती सम्झिइन् होला । म बाट कुनै प्रतिक्रियाको आशै गरिनन् । हामी बिचको सम्बन्धलाँइ मिठो सपनाँ सम्झेर भुल्न र सम्बन्धको उतारचढाब र मिलन बिछोडलाँइ स्वीकार गर्दै नयाँ जिबनको शुरुवात गर्न सल्लाह दिइन् । मेरो आखाँमा आशु टिलपिल थियो , छुट्ने बेलामा उनको हात समाए । अन्तिममा एकचोटि आफ्नै हातले मेरो आखाँको आशु पुछिदेलिन् भन्ने सोचेको थिए , त्यसो गरिनन् । सरासर आफ्नो बाटो लागिन् । मैले धेरै टाडा उनी ओझेल नपरुन्जेल हेरिरहे तर उनले फर्केर सम्म हेरिनन् । भनेको सुनेको थिए , समय बित्दै जाँदा मनभित्रका ठुलाठुला पिडाका खाँडलहरु आफसेआफ भरिन्छन् , खै त बिछोडको लामो समय भइसक्दा पनि मेरो पिडा घट्नुको सट्टा झन्झन् बल्झिदै पो छ । उनको याँद धमिलो हुँदै जानुको सट्टा झन्झन् चम्किदै गइराखेको छ । सायद मैले उनलाँइ धेरै चोखो र साचो माया गरेछु ।
सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।
https://www.youtube.com/watch?v=fyIyeStuDvU&feature=youtu.be
राम ढुंगाना
ईजरायल
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।