तपाईं कत्तिको घुर्नुहुन्छ ? होस् पुर्याउनुहोस्

snoring-1तपाईं असाध्य घुरुवा त होइन ? हो भने होस गर्नुहोस् है । तपाईं जतिबेला पनि यमदूतको काखमा पुग्न सक्नुहुन्छ । निकै घुर्ने मानिसको आयु छोटिन सक्ने वैज्ञानिकहरुले जनाएका छन् । अत्यधिक घुर्ने मानिसमा मुटु रोगको खतरा भएको उनीहरुको भनाइ छ । अझ घोप्टो परेर सुत्नेहरु त झनै जोखिममा हुन्छन् । नआत्तिनुहोस्, केही थप सिरानी किन्दा पनि तपाईं खतराबाट बच्नुहुन्छ । निदाउँदाखेरि क्षणिक श्वासप्रश्वास रोकिने मानिस कहिल्यै पनि उत्तानो सुत्न नहुने नयाँ अध्ययनले पत्ता लगाएको छ । उत्तानो सुत्दा राती घुराइ बढ्नुका साथै श्वासप्रश्वासमा अकस्मात खतरनाक विश्राम आउन सक्छ । सुत्दाखेरि छातीलाई ४५ डिग्रीको कोणमा रहने गरी सिरानीको प्रयोग गर्दा मुटु रोगको खतरा घट्ने वैज्ञानिकहरु बताउँछन् । कम्तीमा पाँच लाख बेलायतीको सुत्दा श्वास रोकिने गरेको पाइन्छ । ५० को दशकका र बढी तौल भएका मानिसमा यस्तो समस्या देखिन्छ । उनीहरु मुटुको समस्याबाट पनि पीडित हुन्छन् । मोटोपन, मुटुको रोग, चिनी रोग र क्यान्सरका कारण निद्रामा गडबडी हुन्छ । त्यसरी निद्रा नपुग्दा अन्य रोग लाग्ने खतरा रहेको चिकित्सकहरु बताउछन् । त्यसैले निद्रा राम्रोसँग पु¥याउनुपर्ने उनीहरुको कथन छ । युरोपियन सोसाइटी अफ कार्डियोलोजी कंग्रेस इन लन्डनमा प्रस्तुत गरिएको एक अध्ययनमा राती सुत्दा अत्यधिक घुर्ने मानिसमा आकस्मिक हृदयघातको खतरा देखिएको छ । सुत्दा छाती र टाउकोलाई ४५ डिग्रीको कोणमा मिलाउँदा यस्तो खतरा कम हुने उनीहरुको भनाइ छ । अनुसन्धानकर्ताले मुटुको समस्या भएका र घुर्ने ३० जनामा शृंखलाबद्ध परीक्षण गरेका थिए । टर्कीको एक युनिभर्सिटीमा गरिएको यस अध्ययनमा अर्ध झुकावको आसनमा अर्थात् ४५ डिग्रीको कोणमा झुकेर सुत्नेहरुमा अन्यको तुलनामा मुटुको समस्या निकै कम देखिएको थियो । असजिलो गरी सुत्दा मुटुमा रगतको प्रवाह गर्ने धमनीमा अक्सिजनको कमी हँुदा अकस्मात हृदयघात हुने वैज्ञानिकहरुको तर्क छ ।

सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1
साभार-स्वास्थ्य खबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित