बेलायतमा भानु जयन्तीको अवसर पारेर बृहत कविता प्रतियोगिता गरीने

13522496_10154167751381328_397722901_nलन्डन, यहि आउँदो जुलाई १६ तारिख शनिवारका दिन बेलायतको रिडिंगस्थित द वाएर हाउसमा आदिकवी भानुभक्त आचार्यको २०३औं जन्म जयन्तीको अवसर पारेर बृहत कविता प्रतियोगिताको आयोजना गरिने भएकोछ । रिडिंग नेपाली समाज र एनआरएन यूकेको भाषा साहित्य विभागको सयुक्त आयोजनामा उक्त कार्यक्रम बेलायतव्यापी रुपमा गरिन लागेको हो । अन्तरसंस्थान तथा खुल्लारुपमा हुने सो कार्यक्रममा बेलायतमा रहेर कलम चलाईरहेका सम्पूर्णमा सहभागिताको लागि अनुरोध गरिएकोछ । कविता लेखनको लागि केहि विशेष शर्तहरु पनि निर्धारित गरिएकाछन् । जस अन्तर्गत कविता बढीमा १५० शव्द सम्मको हुनुपर्नेछ र नेपाली भाषामा हुनुका साथै कुनै पनि जाती, धर्म, संस्कृति, भेषभूषा तथा रास्ट्रियतामाथि आक्षेप नलाग्ने खालको हुनुपर्नेछ । कविताको भाव, विषय र प्रस्तुतीमा भने कवि स्वतन्त्र रहन सक्नेछन् । प्रतियोगितामा सहभागिता जनाउने सबैजनालाई प्रमाणपत्र र उत्कृष्ठ दश स्थानमा पर्नेहरुलाई पदक तथा पुरस्कारको समेत व्यबस्था गरिएकोछ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित