बेलायतको “बब्बाल धमाका” नामक सांगीतिक कार्यक्रमका लागि सपन इन्टरटेनमेन्ट यूकेको आयोजनामा ज्योति मगरको साथमा पहिलोपल्ट लन्डन आएका भद्रगोल टेलीसिरियलका हाँस्य कलाकारद्वय बले (सगर लम्साल) र कक्रोज (हरिस निरौला ) बेलायतका विभिन्न स्थानका कार्यक्रम सम्पन्न गरि नेपाल फर्केकाछन । नेपाल फर्के लगतै गिरान्चौर एकीकृत बस्ति निर्माणमा लागि परेका धुर्मुस सुन्तलीलाई उनीहरुले केहि आर्थिक सहयोग गरेका छन् । बले र कक्रोजको पहलमा बेलायतका विभिन्न स्थानमाहरुमा भएका कार्यक्रमहरुमा र केहि व्यक्तिबाट प्राप्त संकलित ३ लाख १८ हजार ८ सय ४४ रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेशनमा हस्तान्तरण गरेकाछन । उक्त रकम बेलायतको अल्डरसटको कार्यक्रममा ६ सय ५० पाउण्ड, निरमाया दोहोरि साँझबाट ५४ पाउण्ड, फल्क्स्टोनबाट ५४ पाउण्ड, ह्यारोबाट १०५ पाउण्ड, बोनटोकबाट कमला र खमिरजंग गुरुंगले ६ सय ५ पाउण्ड, प्लाम्स्टिडबाट १५० पाउण्ड गरि जम्मा २ हजार पाउण्ड संकलन भएको थियो । कलाकारद्वय बले (सगर लम्साल) र कक्रोज (हरिस निरौला ) कार्यक्रमको शिलसिलामा अस्ट्रेलिया जादैछन । भूकम्प पीडितका लागि आफ्नै पहलमा बस्ति बसाउने कार्यमा जुटेका धुर्मुस सुन्तली फाउन्डेशनमा विभिन्न मुलुकमा रहेका नेपालीहरुले सहयोग गर्दै आएकाछन । केहि हप्ता अघिमात्र बेलायतस्थित हेल्प नेपाल फाउन्डेशनले धुर्मुस सुन्तली फाउण्डेशनलाई २० लाख रुपैयाँको सहयोग प्रदान गरेको थियो । धुर्मुस सुन्तली फाउन्डेशनमा सहयोग गर्नको लागि यहाँ क्लिक गर्नुहोला । फोटो साभार अनलाईन
सहयोगको लागि धुर्मुसद्वारा गरिएको अपील ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।