एकताका वारी जमुना पारी जमुना बोलको गीत बुढादेखि बच्चासम्मको जनजिब्रोमा झुन्डिन सफल भएको थियो । हुन् त अझै पनि उक्त गीतको महत्व घटेको छैन, प्रायजसो कार्यक्रमहरुमा यस गीतमा झुम्नेहरुको संख्याको कुनै कमि छैन । वारी जमुना पारि जमुना बाट विशेष चर्चामा आएका गाएक खेमराज गुरुङ पछिल्लो समय नेपालको पर्यटन प्रबर्धनतिर लागेकाछन । सोहि उद्देश्यले हालै उनले ” घुमफिर “ नामक एल्वम निकालेकाछन । ६ वटा गीतहरु रहेको उक्त एल्वममा ५ वटा गीतमा उनि स्वयंको शव्द,संगीत र स्वर रहेकोछ भने एउटा गीतमा गीतकार कुमार विवाहिय्को शव्द रहेकोछ । “सुन्दरी पोखरा मेरो को छ र, काकड़भिट्टा, धरानै बजार, जाउँ कान्छी चितवन, धरानदेखि ईटहरी र धेरै पछि पूर्व घुम्न आको ईलाम” जस्ता बोलका गीतहरु यस एल्वममा समेटिएकाछन् । बिशेष गरि स्थान विशेषलाई महत्व दिएर गाईएका यस एल्वमका गीतहरुमा पूर्वको काकरभिट्टा,ईलाम,ईटहरी र धरानदेखि चितवन हुँदै पोखरासम्मको स्थानलाई गुरुंगले समेटेकाछन । जसमा त्याहांका धार्मीक,संस्कृतीक एवं पर्यटकीय महत्वलाई गीतको माध्यमबाट प्रस्तुत गरेकाछन । एल्वम घुमफिरलाई नेपाली हिमाली म्युजिकले बजारमा ल्याएकोछ । यस अघि पनि उनले जीवन,जीवन भाग २, अनमोल,धरान पोखरा,सोल्टी, आलुतामार ढाक्रे जस्ता एल्वमहरु सार्वजनिक गरिकेकाछन । लोक तथा आधुनिक गीत र साहित्यका माध्यमबाट आफ्नो देशको मौलिक संस्कृति र परम्परालाई स्रोताहरु समक्ष्य प्रस्तुत गरि विभिन्न स्थानहरुमा उनीहरुलाई आकर्षित गराई देशको पर्यटन प्रबर्धनमा सहयोग पुर्याउने लक्ष्यले “घुमफिर “ एल्वम निकालेको गायक खेमराज गुरुङ बताउछन ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।