९९९ नम्बरलाई काम्दै गरेको औलाले थिच्ने काम सक्नासाथ उताबाट आवाज आयो, कुन सेवा यहालाई चाहिएको हो ? (प्रतिउतर अंग्रेजीमा थियो ) एम्बुलेन्स , दमकल वा पुलिस ? त्यसपछि उनको आवाज निस्तब्ध । “ए सुन त मलाई त सासै फेर्न पो गाहे हुन थाल्यो, लौ न के गर्ने होला“ हिजो बेलुकी संगै खाना खाएर सुतेका दिलकुमार एक्कासी छातीमा अफ्ठेरो महसुस गर्छन । अनि छेउमा सुतेकी रेणुलाई घचघच्याउछन । यति मात्र के भनेका थिए, उनी पलंंगबाट तल झर्छन । रेणु आत्तिएर उठ्छिन, उनको दिमागले ठम्याउन सक्दैन के भैरहेको छ । भित्ता छामेर बत्तिको स्विच अन गर्न भ्याउछिन रेणु । दिलकुमार भुइंमा लडिरहेका हात खुट्टा चलाउदैछन तर आवाज आउान सकिरहेकोछैन । “के भो लौ न नि “ आत्तिएर कांपेको स्वर भित्ताभरि ठोकिन्छ । पूर्वको गाउको ठिटो बेलायती सेनामा आफ्नो यौवन खर्चेर बचेखुचेको जवानी रेणुसंग साटेपनि मायाको अनुभति जोखीजोखी गर्नुपरेको थियो । २,३ बर्षमा छुट्टीमा आउने, केहि क्षण बस्ने, पुन गोलाबारुदसंग लुकामारी, जीवन यसरि नै चलिरहेको थियो । जवानी यसरि नै घर्केको थियो । यसैबीचमा पुरै पेन्सन पकाएर उनी गाउं फर्केका थिए । धेरथोर बेलायत देखेका उनी बालबच्चाले दुख नपाउन भन्नेमा सचेत थिए । बढेको छोरो बुहारीको आफ्नो भएर धरानमै रैथाने भए । एउटी पूुल जस्ती छोरी उसले राम्रो शिक्षादिक्षा पाओस् भन्ने ठानेर गमिरहेको बेला बेलायती सरकारले पुराना पेन्सनरहरुलाई आवासीय भिसा दिने भन्ने सुनेपछि उनी पनि बेलायत जाने नशामा लागे । पूरा पढ्नको लागि यहाँ क्लिक गर्नुहोला र सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।