लन्डन,१८ जुन शनिवारका दिन क्षेत्री समाज बेलायतले लण्डनस्थित फेल्थम कम्युनिटी कलेजमा वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेकोछ । सन् २००७ मा स्थापित क्षेत्री समाज बेलायतले आफ्नो कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हरेक वर्ष बेलायतवासी क्षेत्री बंधुहरुको बीचमा वार्षिक भेटघाट कार्यक्रमको आयोजना गर्दै आईरहेकोछ । लगभग चार सय भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथितिको रुपमा कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीको उपस्थिति रहेको थियो । समाजका अध्यक्ष्य धन बहादुर कुँवरको सभापतित्वमा संचालित सो कार्यक्रमको संचालन महासचिव राजन कुमार क्षेत्रीले गरेका थिए भने संस्कृतिक कार्यक्रम समाजकै सांस्कृतिक सचिव सुनिता गौतमले संचालन गरेकी थिइन् । समाजका उपाध्यक्ष्य टेक जी.सी.ले स्वागत मन्तव्य दिएका थिए भने अध्यक्ष्य धन बहादुर कुँवरले समाजको स्थापना तथा लक्ष्यको बारेमा प्रष्ट पारेका थिए । तेस्तै गरि अतिथिको रुपमा गैर आवासीय नेपालि संघका आध्यक्ष्य मुछेत्र गुरुङ, ठकुरी समाजका अध्यक्ष्य भक्त बहादुर साही, यति नेपाली एशोसिएसनका अध्यक्ष्य पिपला देवान, ब्रिगेडियर जनरल सरोज प्रताप राणा, कर्णेल दीपजंग के.सी., कर्णेल विजय कुमार राउत, मेजर संजय रायमाझी, क्षेत्री समाज नेपालका अध्यक्ष्य प्रा.डा.चन्द्र बहादुर थापा, पत्रकारहरु तथा लोक दोहोरीका स्रष्टा पुराना अनि चर्चित गायक बम बहादुर कार्की, शिव आले र चन्दा कार्कीको उपस्थिति रहेको थियो भने उनीहरुले आ-आफ्ना गीतहरु सुनाएर सबैलाई नचाएका थिए । तेस्तै गरि बाग्लुंगे नौमती बाजाले पनि कार्यक्रममा छुट्टै रौनकता थपेको थियो । स्थानीय गायक दिपक थापा र रमा बानियाँले आफ्नो सुमधुर स्वरमा गीत सुनाएर थप मनोरंजन दिलाएका थिए भने सेविका जी.सी.,सम्झना महत,दीपा गीरी थापा, जष्टिना थापा, मेरीना थापा लगायत बालकलाकार आदिती अधिकारिले जोडदार नृत्य प्रस्तुत गरेका थिए । उल्लेखनीय योगदान पर्याउने व्यक्तित्व तथा सैक्षिक क्षेत्रमा राम्रो स्थान हाँसिल गरेवापत समाजका तर्फबाट हौसला स्वरूप सम्मान तथा प्रशंसापत्र वितरण गरिएको थियो । सोहि कार्यक्रममा बेलायतका लागि कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीको बिदाइ समारोह पनि सम्पन्न गरिएको थियो । आफ्नो ४ वर्षे कार्यकाल पूरा गरि नेपाल फर्कन लागेका कार्यबाहक राजदूत तेजबहादुर क्षेत्री तथा श्रीमती रीता क्षेत्रीलाई समाजका तर्फबाट सम्झना स्वरूप उपहार तथा सम्मान गरि बिदाई गरिएको थियो । साथमा क्षेत्रीको जीवनसंग सम्बन्धित जीवनीलाई पनि प्रस्तुत गरिएको थियो । विदाई कार्यक्रममा बोल्दै आफू चार वर्षको लागि नै आएको र आफ्नो कार्यावधिमा नेपाली समुदायसंग धेरै निकटमा रहेर काम गरेको हुँदा नेपाल र नेपालीहरुबीच प्रशस्तै कामहरु गरेको कुरा उल्लेख गरेका थिए । बेलायतवासी नेपालीहरुले पनि आफूलाई रुचाएकोले भविष्यमा अवसर पाएमा बेलायतकै राजदूतको लागि आफ्नो प्रथामिकता रहने समेत उनले बताएका थिए । साथै जुलाई १९ मा हुन् गैरहेको नेपाली क्रिकेट टीम र बेलायतको एमसीसी बीच हुन् गैरहेको खेललाई सफल पार्नको लागि सबैलाई आग्रह गरेका थिए । कार्यक्रममा सुनको बेरुवा औंठी सहितको लक्की ड्राको पनि व्यबस्था गरिएको थियो । अन्तमा सम्पूर्ण कलाकारहरुलाई सम्मान तथा प्रशंसापत्र वितरण गरिएको थियो । उक्त कार्यक्रममा डीजे हेम विष्ट, बाग्लुंगे नौमती बाजा, कार्यक्रम हाल सजावटमा महत्वपूर्ण भूमिका निभाउने नमस्ते इभेन्ट र खानपानको लागि बेजिंग नुडल्सको भूमिका पनि अत्यन्त प्रशंसनीय रहेको थियो । तेस्तैगरि उक्त दिन कार्यक्रम स्थललाई आकर्षक ढंगले सजावट गर्ने जिम्म्मा नमस्कार ईभेन्ट रिडिंगले लिएको थियो । फोटोहरु हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।
फोटो स्लाईड तथा कार्यबाहक राजदूतको बिदाइ सम्बन्धि प्रस्तुत सामग्री हेर्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला ।