लन्डन, बेलायतका लागि नेपालका राजदूत श्री तेजबहादुर क्षेत्री आफ्नो चार वर्षे कार्यकाल पूरा गरी नेपाल फर्कदै छन् । यसै क्रममा सोसाइटि अफ नेप्लिज हाइलि स्किल्ड प्रोफेसनल यूकेले हिजो लण्डन स्थित राजदूतावासमा विदाई कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा राजदूत क्षेत्रीलाई संस्थाका अध्यक्ष डा. तेजेन्द्र फेरालीले आफ्नो संस्थाले गत भू–कम्पमा सकृय भूमिका खेलेको संस्मरण गर्दैै आगामी दिनमा पुनर्निर्माणका लागि संयुक्त अधिराज्य मात्र होइन संसारभरी छरिएर रहेका व्यवसायिका दक्ष जनशक्तिहरुलाई समेटेर विभिन्न क्षेत्रमा ज्ञान र क्षमताको आदान प्रदान उयकत post-earthquake reconstruction का लागि चार क्षेत्रहरु Reconstruction of damaged structures, The complexity of international and charitable aid to support rebuilding, Post-disaster health response and current situation, The impact of earthquake on education and reconstruction initiatives मा एडभोकेसी गर्न एक कार्यक्रम ल्याउने तयारी भइसकेको बताए ।
हामी जस्ता हाइली स्किल्ड प्रोफेसनलले सहयोगको निम्ती ठाउँ खोजेको साथै सहयोग गर्न तत्पर रहेको सन्देश परराष्ट्र मन्त्रालय तथा सम्वद्ध अधिकारीहरु माझ पुर्याइदिन समेत आग्रह गदैं डा. फेरालीले राजदूत क्षेत्रीको कार्यकालमा थुप्रै सकरात्मक कामहरु भएको र त्यसमा राजदूत क्षेत्री स्वयंले गर्व गर्ने ठाउँ रहेको वताए । त्यसैगरी संस्थाका पूर्व सचिव चन्द्रबहादुर कार्की र सल्लाहकार समिर प्याकुरेलले क्षेत्रीको सफल कार्यकालको प्रशंसा गर्दै आगामी दिनमा उत्तरोत्तर प्रगतिको कामना गरे । राजदूत क्षेत्रीलाई संस्थाका कोषाध्यक्ष रामकृष्ण अधिकारीले पुष्प गुच्छा तथा अध्यक्ष डा. फेरालीले मायाको चिनो स्वरुप सानो भेट भन्दै उपहार प्रदान गरेका थिए । संस्थाका सचिब लेखनाथ खरेलले संचालन गरेको उक्त समारोहमा संस्थाका उपाध्यक्ष दीप गिरी, पूर्व सल्लाहकार लेखनाथ घिमिरे लगायत अन्य सदस्यहरु तथा राजदूतावासका वरिष्ठ कर्मचारीहरु क्रमशः बावुकाजी डंगोल, तेजेन्द्र रेग्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सवैले विदा हुन लागेको क्षेत्रीसंग हात मिलाउदै भावुक हुँदै उनको सुस्वास्थ्य, समृद्धि र सफलता एबं शुभयात्राको कामना गरेका थिए ।
हाइलि स्किल्ड सोसाइटि यूकेद्वारा राजदूत क्षेत्रीको विदाई
हाइलि स्किल्ड सोसाइटि यूकेद्वारा राजदूत क्षेत्रीको विदाई

तपाईको प्रतिक्रिया