लन्डन, बेलायतस्थित हेल्प नेपाल फाउन्डेशनले धुर्मुस सुन्तली फाउण्डेशनलाई २० लाख रुपैयाँ सहयोग गरेकोछ । १५ जुनका दिन लन्डनस्थित ब्लु अर्किड रेस्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त रकम प्रदान गरेको हो । सिन्धुपाल्चोक जिल्लाको गिरान्चौर एकीकृत बस्ती निर्माण कार्यमा लागेका हाँस्य कलाकार धुर्मुस र सुन्तली मार्फत सो रकम भूकम्प पीडितसमक्ष्य पुर्याउन लागिएको हेल्प नेपाल फाउण्डेशनले जानकारी दिएकोछ । भूकम्प गएको एक वर्ष बितिसक्दा पनि पीडितहरुले राहतको महशुस गर्न नपाएको अवस्थामा धुर्मुस सुन्तलीले गरेको यस प्रयासलाई सबैले विशेष महत्वका साथ् लिएको पाइन्छ । करिब ४ करोड भन्दा पनि बढी अनुमानित लागत रहेको गिरान्चौर एकीकृत बस्ती निर्माण परियोजना सम्पन्न गर्न विभिन्न मुलुकमा बस्दै आएका नेपालीहरुले सहयोग पुर्याउदै आइरहेकाछन । २०७२ साल वैशाख १२ गतेको भूकम्पपछि स्थापना भएको धुर्मुस सुन्तली फाउण्डेशनलाई सिटी एक्सप्रेस मनी ट्रान्सफरले १५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, अष्टिन टेक्सासमा बस्ने नेपालीकोतर्फबाट १० लाख ८६ हजार रुपैयाँ, नेप्लिजइनग्राज अस्ट्रियामार्फत १० लाख ९३ रुपैयाँ जम्मा भैसकेकोछ भने जापानबाट पनि ७ लाख ७१ हजार एन भन्दा बढी सहयोग संकलन भैसकेकोछ ।साथै अन्य थुप्रै संघ संस्था र व्यक्तिहरुबाट रकम संकलन कार्य भैरहेको छ । धुर्मुस सुन्तली फाउण्डेशनमा हालसम्म डेढ करोडभन्दा संकलन भैसकेकोछ । सरकारका तर्फबाट भूकम्प पीडितलाइ सहयोग गर्न नसकेको अवस्थामा व्यक्तिगत प्रयासबाट गरिएको धुर्मुस सुन्तलीको यो प्रयास सबैका लागि प्रेरणादायी र प्रशंसनीय बन्न पुगेकोछ । धुर्मुस सुन्तली फाउण्डेशनमा सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।
फोटो- मिलन तमु
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।