ग्रेटर रशमोरद्वारा भिक्टोरिया डे को भव्यताका साथ् सम्पन्न

13414648_10206495760460045_358238379_nलन्डन, यहि जुन ११ का दिन ग्रेटर रश्मोरबरो नेपाली कम्युनिटीको पहलमा बेलायतकी महारानी एलिजाबेथ द्वीतियाको जन्म दिन ( भिक्टोरिया डे ) भव्यताका साथ् मनाइएकोछ । स्थानीय काउन्सिल तथा ब्रिटिश समुदायको सयुक्त प्रयासमा आयोजित सो कार्यक्रममा विभिन्न नेपाली समुदायको साभागीताका साथै नौमती बाजाको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रम मनाउनका लागि अल्डरशट टाउनमा सैयोको संख्यामा नेपालीहरुको उपस्थिति रहेको थियो । सो समारोहमा दर्जनौं नेपाली समाजका तर्फबाट आफ्नो परम्परा र संस्कार झल्काउने खालका पोशाक लगाएर उपस्थिति जनाइएको थियो । 13435693_10206495761180063_379699284_nनेपाली नर नारीहरुको नाच, विभिन्न धर्म, जाति एवं संस्कारसम्बध्द संस्कृति झल्कने पहिरनसहित करीब दूईसय भन्दा बढी परेडमा र करीब तीन हजारभन्दा बढी बाहिर स्वागतको लागि नेपाली समूदायको तर्फबाट सहभागिता रहेको र स्थानिय समुदायको तर्फबाट अत्यन्तै सकारात्मक रुपमा नेपाली र नेपालीका क्रियाकलापहरुलाई मन पराई स्वीकार गरिएको कुरा कार्यक्रम संयोजक एवं महासचिब रन्जिता मल्लले बताईन। स्थानीय समुदाय र नेपाली समुदाय बिचको दुरीलाई निमिट्याण्र्न पार्न सफल उक्त कार्यक्रममा आफ्नो संस्कार झल्कने पोशाक सहित बि.सी.सी. यूके, शिब कल्चर एण्ड कम्युनिटी सेन्टर, साइ सेन्टर फार्नबरो, क्षेत्री समाज यूके, तमुधी यूके, मगर संघ यूके, किरात सुनुवार सेवा समाज यूके, किरात राइ यायोखा, थकाली समाज यूके, याक्थुङ्ग चुमलुङ्ग, गेसो, मदत समूह, नया युवा, तमुधी आमा समूह IMG_2483लगायतका संस्थाहरुको उल्लेख्य सहभागिता रहेको कुरा बरिष्ठ उपाध्यक्ष जीव बेलबासेले बताए। यस कार्यक्रमलाई सफल पार्न कार्य समिति, सल्लाहाकारहरु, समस्त संघ संस्था, पत्रकारहरु समेतको भूमिका अत्यन्तै महत्वपूर्ण रहयो भने कार्यक्रम संयोजक रन्जिता मल्ल र सहसंयोजक बिर बलाल बिशेस धन्यबादका पात्र बने। अन्त्यमा नेपाल बेलायत बीचको दौत्य सम्बन्ध दूई वर्ष पूरा गरेको उपलक्ष्यमा लर्ड किर्केट ग्राउण्ड लन्डनमा हुन गैरहेको एम सी सी र नेपाली टिमबीच हुन गैरहेको क्रिकेट खेल हेर्न एवं खेलाडीलाइ प्रोत्साहन दिन जान इच्छुक व्यक्तिको लागि ग्रेटर रशमॊर नेपाली कम्युनिटीले दुईवटा बस बुक गरिसकेकोले सम्पर्कको लागि जानकारी गराइको थियो ।IMG_2564

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित