लन्डन, क्षेत्री समाज बेलायतले हरेक वर्ष आयोजना गर्दै आएको वार्षिक भेटघाट आउँदो जुन १८ तारिख शनिवारका दिन लन्डनस्थित फेल्थम कम्युनिटी कलेजमा हुन गैरहेकोछ । बेलायतका लागि नेपालका कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा हुन गैरहेको उक्त कार्यक्रममा बेलायतका विभिन्न संघ संस्थाका प्रतिनिधि स्थानीय पत्रकार तथा बाग्लुंगे नौमती बाजाको पनि उपस्थिति रहनेछ । साथै नेपालबाट आउनु भएका बरिष्ठ लोक दोहोरी गायक बम बहादुर कार्की तथा समधुर स्वरकी धनि गायिका शिवा आलेको उपस्थिति रहने भएकोछ । सन् २००७ मा स्थापित क्षेत्री समाज बेलायतले बेलायतमा बसोवास गर्दै आइरहेका क्षेत्रीबन्धुहरु बिचमा एकापसमा सुमधुर सम्बन्ध कायम राख्दै आवश्यक सहयोग राख्दै आइरहेकोछ । समाजभित्रका समस्या लगायत स्वदेशमा पर्ने विभिन्न किसिमका दैवी प्रकोपहरु आगलागी, बाडीपैरो, भूकम्प जस्ता कार्यमा पनि सक्दो सहयोग गर्दै आइरहेकोछ । भर्खरै मात्र गुल्मीका अग्निपीडितहरुका लागि सहयोग संकलन गरि हस्तान्तरण गरेकोछ भने यसघि पनि बाडीपैरोको लागि सहयोग तथा भूकम्प पीडीतको लागी प्रधानमन्त्री राहत कोषमा र पत्रकार महासंघको कोषमा समेत सहयोग रकम दिदै आइरहेकोछ । जातीयतालाई भन्दा पनि सामाजिक परम्परा र संस्कारलाई निरन्तरता दिने र भावी पुस्ताहरुलाई पनि निरन्तरता दिलाउने उद्देश्यले विभिन्न सास्कृतिक र सामाजिक गतिविधिहरु संचालन गर्दै आइरहेकोछ । सोहि अनुरुप यसपटकको वार्षिक भेटघाटमा पनि विभिन्न परिकारका नेपाली परिकार, नेपाली कला र संस्कृति झल्किने खालका कार्यक्रमको प्रस्तुति रहनेछ । साथै विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने केटाकेटी तथा व्यक्तिहरुलाई पनि प्रशंसापत्र प्रदान गरिनेछ । बिहान ११ बजेबाट संचालन गरिने उक्त कार्यक्रम साँझ ८ बजेसम्म चल्नेछ । कार्यक्रमस्थलको बारेमा जानकारी लिनको लागि यहाँ क्लिक गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला ।
फाईल फोटो,