लण्डनमा भी.सी. कप २०१६ को आयोजना हुँदै

13406846_10208285716994127_720026931182265346_nलन्डन, यहि जुन ११ तारिख शनिवारका दिन लन्डनस्थित फेल्थम कम्युनिटी कलेजमा भी.सी.कप २०१६ को आयोजना हुँदैछ । प्रत्यक वर्ष गोर्खा नेप्लिज कम्युनिटी हंस्लो (जी.एन.सी.एच) द्वारा आयोजना गरिँदै आएको भी.सी. कपमा यसपटक ३० भन्दा बढि फुटबल टोलीहरुले प्रतिस्पर्धा गर्ने भएकाछन । भिक्टोरिया क्रश बिजेता योद्दाहरुको सम्मानस्वरूप आयोजना गरिने यस कार्यक्रममा विशिष्ट पाहुनाहरुको पनि उपस्थिति रहने भएकोछ । गोर्खालीहरुको इतिहासमा भिक्टोरिया क्रशद्वारा सम्मानित योद्धाहरु साथै युदमा वीरगती प्राप्त गर्ने सबै वीर गोर्खालीहरुको सम्झनामा एक मेमोरियल सर्भिश गरिनेभएको छ । उक्त कार्यक्रम मा सबै भी.सी.का परिवार, स्थानीय एम. पी. सीमा मलहोत्रा लगायत बेलायत का विभिन्न संघसंस्था हरुको सहभागिता रहनेछ । सो कार्यक्रममा विभिन्न नेपाली परिकार तथा बिबिक्युका साथै पेय पदार्थको पनि व्यबस्था गरिनेछ । बिहानको १० बजेबाट साँझ ८ बजेसम्म संचालन हुने यस ऐतिहाँसिक फुटबल खेल हेर्नको लागि सम्पूर्ण नेपालीहरुलाई गोर्खा नेप्लिज कम्युनिटी हंस्लो (जी.एन.सी.एच) ले अनुरोध गरेकोछ ।
अन्य विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक