लन्डन, गतवर्ष नेपालमा गएको विनासकारी महाभूकम्पलाई आधार बनाएर बेलायतमा बस्दै आएका नेपाली कलाकारहरुद्वारा भर्खरै मात्र तयार पारिएको नाटक “समय दृश्य” आउँदो जुलाई ३० तारिख शनिवारका दिन लन्डनस्थित हंस्लोमा पुन मन्चन हुने भएकोछ । यसभन्दा अगाडी पनि उक्त नाटकलाई अप्रिल २३ का दिन बेलायतको रेडिंगस्थित साउथ रेडिंग युथ एण्ड कम्युनिटी सेन्टरमा पहिलो प्रदर्शन गरिएको थियो । करिव तीन महिनाको अथक प्रयासपछि तयार भएको उक्त नाटकलाई पुराना तथा अनुभवी रंगकर्मी सनम कुमार बैरागले निर्देशन गरेका हुन् । नेपाली जनजीवन र परिवेशमा आधारित यथार्थ परक उक्त नाटकलाई भक्त श्यान्तनले लेखेका हुन् भने तेन्जी लामा पाख्रिनको निर्माण प्रस्तुति रहेको छ । फास्ट एजुकेट नेपालको प्रस्तुति तथा इन्टरनेशनल नेप्लिज आर्टिष्ट सोसाइटीको सहयोगमा नाटक समय दृश्यमा बेलायतका स्थानीय कलाकारहरु ज्यासंग लिंगदेन, दीपक गुरुङ, प्रसुना कंडेल, सुरेश श्रेष्ठ, ओमकार अधिकारी, दुर्गा गुरुङ, जानु काम्वांग लिंग्देन, रोशन राइ, अन्जु, सुस्मिता, गङ्गा, अलिसा जस्ता कालाकारहरुले यथार्थपरक भूमीका निर्वाह गरेकाछन
। भूकम्पमा ज्यान गुमाएका आफन्त, नवबिबाहित दम्पति एक्लिदाको पीडा, टुहुरा सन्तान र सन्तानको पीडाले छटपटिएको अवस्थालाई चित्रण गरिएको नाटकले सबै नेपालीको मनलाई छोएको निर्देशक सनम कुमार बैरागले बताएकाछन । नेपालका ग्रामिण क्षेत्रका बालबालिकाहरुको शिक्ष्या स्वास्थ्य एवं गाँस, बास, र कपासमा सहयोग पुर्याउने उद्देश्यले उक्त नाटक तयार गरिएको र भविष्यमा अन्य विभिन्न स्थानमा पनि उक्त नाटक मन्चन गरिने योजना रहेकोछ ।

कार्यक्रम सम्बन्धि प्रोमो हेर्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला ।





