गायक शिव परियारको पर्देशी पर्देशी बोलको गीतको म्युजिक भीडीयो सार्वजनिक भएकोछ । म्युजिक नेपालद्वारा भर्खरै सार्वजनिक गरिएको यस गीतमा शंकर थापा प्रसन्नको शव्द अनि भगवती उप्रेतीको संगीतमा गायक शिव परियारले स्वर दिएकाछन् । आफ्ना विभिन्न समस्याका कारण मातृभूमीलाइ चटक्क छाडेर विदेशिनुपर्दाको पीडालाई गीतमार्फत व्यक्त गर्न खोजिएकोछ । आफ्ना र आफन्तका केहि चाहनालाई पूरा गर्ने धोको बोकेर परदेश लागेपछि के कस्ता व्यथा र बाध्यतालाई झेल्नपर्दछ भन्ने कुरालाई यस गीतले ब्यक्त गर्न खोजेकोछ । रहरले भन्दा पनि बाध्यताले परदेश जाँदा आफ्नो गाउँवेसि र मायालुको सम्झनाले भाव विह्वल हुनुपर्दाको अवस्थालाई समेट्ने प्रयास गरिएकोछ । प्राय गजल गायन क्षेत्रमा आफ्नो छुट्टै प्रभूत्व जमाउंदै आएका गायक परियारले परदेशको एउटा मार्मिक कथालाई पनि आफ्नो कर्णप्रिय स्वरका माध्यमबाट स्रोता दर्शकमाझ पस्किन सफल भएकाछन । “पर्देशी पर्देशी म हु परदेशी, गाउँवेसीको माया साथै तिम्रो छायाँ पराईको आंगनीमा पसिना बगाउछु, तिम्रै यादमा तड्पिएर सिरानी भिजाउछु” बोलको यस गीतको म्युजिक भीदियोमा अनन्त तिमल्सिनाको निर्देशन रहेकोछ भने कलाकारहरु सरज र अनु रहेकाछन ।
म्युजिक भीडीयो हेर्न तलको प्ले बटनमा प्ले गर्नुहोला
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला ।





