लन्डन, आयोजक सपन इन्टरटेन्टमेन्ट लिमिटेडद्वारा बेलायतमा आयोजना गर्न लागिएको कार्यक्रम “बब्बाल धमाका”का कलाकारहरु ज्योति मगर, भद्रगोल सिरियलका कलाकारद्वय बले (सागर लम्साल) र क्रक्रोज (हरिश निरौला) यही जुन १ तारिख बुधवारका दिन साँझ लण्डन आइपुगेकाछन । उनीहरुको स्वागतका लागि सपन इन्टरटेन्टमेन्टका तर्फबाट सपन राई र मंजु गुरुङ लगायत स्थानीय पत्रकारहरुको समेत उपस्थिति रहेको थियो । तीनैजना कलाकारहरुको लागि यो नै पहिलो बेलायत भ्रमण पनि हो । यसअघि ज्योति मगरको बेलायत आउने प्रयास असफल भएपनि यसपटक उनलाई आउने अवसर प्राप्त भएकोमा खुसि ब्यक्त गर्दै सपन इन्टरटेन्टमेन्टलाई धन्यवाद दिएकी थिइन् । “बब्बाल धमाका” भन्ने कार्यक्रममा कस्तो धमाका गर्दै हुनुहुन्छ त ? भन्दा ज्योतिले सकेसम्म सबैलाई मनोरंजन दिलाउने प्रयास गर्नेछु छोटो लुगामात्र हैन लामो लुगा पनि लिएर आएकीछु उनले भनिन ।
तेस्तै गरि बले र कक्रोजले पनि आफ्ना रमाइला कार्यक्रमले दर्शकहरुलाई हँसाएर मनोरंजन दिनेछौ, हामि तीनजना कलाकारहरु आएकाछौं कार्यक्रम हेर्न सबैजना आउनुहोला एकजनाको कार्यक्रम मन नपरे अर्कोको मन पर्न सक्छ तीन किसिमको भिन्न भिन्न्स्वाद पाउनुहुनेछ भन्दै बेलायतवासीहरुलाई निमन्त्रणा गरेकाछन । कार्यक्रमको पहिलो शो शनिवार ४ जुनको दिन लण्डनको दि इम्पायर हल अल्डरसटमा हुने भएको छ भने ११ जुनमा हकिंज कम्युनिटी सेन्टर केन्टमा, १२ जुनमा ह्यार्रो फुटबल क्लवमा, १३ जुनमा लेइष्टरमा,१८ जुनमा स्वीन्डनमा,र १९ जुनमा एशिएन कम्युनिटी हल प्लाम्स्टिडमा कार्यक्रमको तय भैसकेको र अन्य ठाउँहरुमा कार्यक्रमको तयारि भैरहेको आयोजक तथा सपन इन्टरटेन्टमेन्ट लिमिटेडका निर्देशक सपन राईले बताएकाछन ।
लण्डनमा ज्योति मगर बले र कक्रोजको बब्बाल
लण्डनमा ज्योति मगर बले र कक्रोजको बब्बाल

तपाईको प्रतिक्रिया