गुल्मी, नगरपालिका–११ सिमीचौरका विनबहादुर बस्नेतका ८ वर्षिय छोरा अमित बस्नेतलाई एल्पाष्टिक एनियमिया (Aplastic Anemia) नामक रोगले ग्रसित बनाएको छ । शरिरलाई आवश्यक रक्त उत्पादन नहुने र अरुबाट चढाईएको रगत समेत एकैछिनमा निष्कृय हुने समस्या बढुदै गएको छ । यो रोगको उपचारमा निकै खर्च लाग्ने भएका कारण उनले सहयोगको याचना समेत गरेका छन् । हाल उनको काठमाडौं को सिभिल हस्पिटल मा उपचार भइरहेको छ । यो रोगको काठमा शिक्षण अस्पतालमा सहजै उपचार हुृने भएपनि आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि सहयोगको याचना गरेका हुन् । बिरामीका बाबु बिनबहादुर बस्नेतले छोराको उपचारका लागि ६८ लाख रुपैयाँ खर्च लाग्ने बताउँछन् । यत्रो रकम लाग्ने डाक्टरले बताएका छन उनले भने‘मेरो सवै घर सम्पत्ती बेचे पनि सम्भव छैन, हामी श्रीमान श्रीमति वेचिएरै भएपनि बचाउन चाहन्छौ ।’ तत्कालका लागि ८ लाख रुपैयाँ चाहिने भएकोले जिल्ला प्रशासन र रेसुङ्गा नगरपालिका कार्यालयको सहयोगको अपिल सम्वन्धी सिफारिस पत्र लिएर सडकमा सहयोगको हात फैलाउँदै हिडेका वस्नेत दम्पत्ती छोरा बचाउनका लागि आफुहरुको आँखा वा मुटु बेच्न पनि तयार भएको बताउछन् । भारतमा होटल मजदुरी गर्ने वस्नेत दम्पत्तीले छोराको जिवन रक्षाका लागि देश विदेशमा रहेका सवै नेपालीका साथै सहयोगी संघ संस्थाले सहयोग गर्न चाहेमा निम्न व्यक्ति तथा बैंक खातामा सम्पर्क गर्न सकिनेछ । सहयोगको लागि सिधै अमीत बस्नेत को नाम को अकाउन्ट् ७००७०१००१५१३१ मा पनि रकम जम्मा गर्न सकिने छ ।
सम्पर्क-
बुबा बिन बस्नेत ९८६७२६२५५९
कृष्ण बस्नेत ९८४७१०४८५० ।
-
गोर्खा रेडियो, यूके
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला ।