आर्थिक वर्ष विक्रम संवत २०७३/७४ सालको लागि नेपाल सरकारद्वारा जारी गरिएको बजेट सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले १० खर्ब २५ अर्बभ आय व्ययको विवरण बजेट व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैः भूकम्पपछिको पुननिर्माणका लागि १ खर्ब ४० अर्ब रकम छुट्टयाइएको जानकारी दिएका छन् । प्रधानमन्त्री केपी शर्माको भारत र चीन भ्रमणमा भएको सहमती कार्यान्वयन गर्न परराष्ट्र सचिवको नेतृत्वमा समिति गठन गरिने जेठ २१ गते जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइने, गरिबसँग विशेष कार्यक्रमले निरन्तरता पाउने, काठमाण्डौ विरगन्ज रेलमार्गको अध्ययन गरिने, काठमाडौँमा मेट्रो रेलको अध्ययन गरिने,पानीजहाज सञ्चालनको तयारी तथा कार्यान्वयन गरिने डोल्पा र हुम्ला सदरमुकाम २ वर्षभित्र सडकमार्फत जोडिनेछ । काठमाडौँ निजगढ फास्ट ट्रयाकका लागि १० अर्ब बजेट विनियोजन प्रदेश सदरमुकामलाई स्थानिय सडकसँग जोडिनेछ । पेट्रोलियम पदार्थमा रु. ५ पूर्वाधार कर लाग्ने । यसबाट प्राप्त रकम बुढी गण्डकी परियोजनामा खर्च हुने । बुढीगण्डकी आयोजनाका लागि ५ अर्ब ३३ करोड विनियोजन, पश्चिमसेती ,माथिल्लो कर्णाली लगायतका आयोजनाहरुलाई सहज रुपमा अघि बढाइने पुर्ननिर्माणका लागि एक खर्व ४० अर्व ६६ करोडको बजेट बिनियोजन, भूकम्पपिडितले ३ लाख निव्यार्जी ऋण पाउने, प्रदेश प्रमुखहरुका लागि बजेटको व्यवस्था, मंसीरमा स्थानिय निकायको चुनावका लागि बजेट बिनियोजन ५ वर्षभित्र सम्पूर्ण पूर्वाधार र पुनस्थापनाको काम सम्पन्न हुनेछ ।पढ्नको लागि यहाँ क्लिक गर्नुहोला ।
बजेटको पूरा अंश सुन्नुहोला