लन्डन,नेपाली दूतावास लण्डनको आयोजनामा गत शनिवारका दिन विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागितामा नवौं गणतन्त्र दिवस “रिपब्लिक डे ” कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रममा बिभिन्न राजनीतिक एवम् नेपाली सामुदायिक संगठनका प्रतिनिधिले मन्तब्य राख्दै नेपालमा गणतन्त्र प्राप्तिको संघर्ष र यसको संस्थागत विकासको चुनौती वारे चर्चा गरेका थिए । सोहि अवसरमा बोल्दै कार्यबाहक राजदूत तेज बहादुर क्षेत्रीले मुलुकमा गणतन्त्र प्राप्ति पश्चात भएका उपलब्धिको लेखाजोखा गरेका थिए । कार्यक्रममा नेपालका राजनीतिक पार्टीका विदेशस्थित भातृ संगठनका प्रतिनिधीले आ-आफ्ना विचार राखेका थिए ।प्रवासी नेपाली मञ्चका राम शरण शिंखडाले सरकारले विकासको चिन्तन गर्दा खिसी ट्याउरी गर्नु लज्जास्पद भएको बताए । जन सम्पर्क समितीका आर के त्रिपाठीले नयाँ संबिधानले सबैको हक अधिकारको व्यवस्था गरेको भन्दै पहिले संबिधान पढन सुझाए । प्रगतिशिल नेपाली समाजका सुरेन्द्र श्रेष्ठले विदेशीमा राजनीति गर्ने नेपालीलाई या त नेपालका राजनीतिक पार्टीले वैधानिक मान्यता दिनुपर्ने नभए पार्टीमा आवद्द हुनु एक नैतिक प्रश्न बन्ने बताए । नेपाल प्रयटन बोर्डका बेलायत प्रतिनिधि पशुपति भण्डारी, एन आर एन युके उपाध्यक्ष हिराधन राई, एन आर एन आइ सी सी सदस्य संगीता मरहट्टा, हाई स्किल नेप्लिज युकेका डा . तेजेन्द्र फेराली, काउन्सिलर डा. बच्चु कैलाश कैनी लगायतका बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिले कार्यक्रममा शुभकामना मन्तब्य दिएका थिए। तेस्तै गरि हाल बेलायत भ्रमणमा रहेकी नेपाली कांग्रेसकी सभासद डिनाउपाध्यायले पनि आफ्नो मन्तव्य राखेकी थिइन् ।