नेपाली दूतावास लण्डनमा “एभेरेष्ट डे” सम्पन्न

13335550_1705079926424567_3269641913086677457_nलन्डन । लन्डनस्थित नेपाली दूतावासमा यहि मे २९ तारिख आइतवारका दिन ९औं सगरमाथा दिवस (एभरेष्ट डे) मनाइएको छ । नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड यूके र शेर्पा एसोसिएसन यूकेको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले सगरमाथा चढ्ने सफल आरोहीहरुलाई वधाई दिंदै आरोहणका क्रममा दिवंगत हुन पुगेका प्रति श्रद्धासुमन अर्पण गरे । क्षेत्रीले सगरमाथा क्षेत्रमा बढिरहेको प्रदुषणप्रति गम्भीर चासो व्यक्त सबैलाई यसको नकारात्मक प्रभावबारे जनचेतना जगाइदिन आग्रह गरे । उक्त अवसरमा हाइथ, केन्टका मेयर काउन्सिलर माइकल लायन्स्ले पनि आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रम बेलायती र नेपाली राष्टिय गानबाट शुरु भएको थियो । कार्यक्रममा शेर्पा एसोसिएसन यूकेका अध्यक्ष साना शेर्पाले स्वागत मन्तव्य दिएका थिए भने नेपाल पर्यटन बोर्ड यूकेका प्रतिनिधि पशुपति भण्डारीले नेपालको पर्यटन, सगरमाथा, यसको सुन्दरता, नेपालका प्राकृतिक रमणीय गन्तव्यस्थल र नेपालको जारी पुनर्निर्माण झल्कने भिडियो प्रस्तुत गरे ।
न्यूजिल्याण्डका नागरिक सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखरको सफल आरोहण गरेको ६३ औं वर्ष पुगेको छ भने नेपाल सरकारले औपचारिक रुपमा एभरेष्ट डे मनाउन थालेको यो ९ औं हो । 13321897_1705079763091250_3365215472771402915_nकार्यक्रममा ८ हजार मिटर माथिका १४ वटा हिमाल आरोहण गरिसकेका ब्रिटिश आरोही एलन हिन्क्स (ओबीइ) ले सगरमाथा चड्ढाको अनुभव बांडेका थिए । अर्का आरोही काल्साङ शेर्पाले पनि शेर्पा गाइडका रुपमा सगरमाथा आरोहण गर्दाको अनुभव बताए । साथै, लिटल शेर्पा फाउण्डेशनका निर्देशक जेम्स् ल्याम्बले सोलुखुम्बुको स्थानीय च्यारिटीसंग काम गर्दाको अनुभव बांडे । कार्यक्रममा बेलायती सांसद, मेयर, काउन्सिलरहरु, सगरमाथा आरोहीहरु, ट्राभल एण्ड टुर अपरेटर्स, यात्रा लेखक, वायु सेवा कम्पनी, पत्रकार लगायत अन्य विशिष्ठ व्यक्तिहरु सहभागी थिए । अतिथीहरुलाई शेर्पा एसोसिएसन यूकेका तर्फबाट खादाले स्वागत गरिएको थियो । उक्त कार्यक्रम दूतावासका अट्याची तेजेन्द्र रेग्मी र एभरेष्ट इन ग्रुपका यादव भण्डारीले सञ्चालन गरेका थिए । कार्यक्रमका अवसरमा शेर्पा एसोसिएसनले शेर्पा नाच र नेपाली सांस्कृतिक नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा एभरेष्ट इन समूहद्वारा खानपानको प्रवन्ध पनि मिलाइएको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित