यतीको अध्यक्ष्यमा पिपला देवान उपाध्यक्ष्यको टुंगो लाग्न बाँकी

13240672_1128201740533511_6951354735727649985_nलन्डन, बेलायत तथा युरोपकै जेठो संस्था यतिले नयाँ नेतृत्वको चयन गरेकोछ । सन् १९६० मा स्थापित उक्त संस्थाले यहि २८ मे शनिवारका दिन आफ्नो साधारण सभामार्फत समाजसेवी पिपला देवानलाई सर्वसहमतीमा अध्यक्ष्यमा चयन गरेकोछ । तेस्तै गरि वरिष्ठ उपध्यक्ष्य्मा शशिधर नेपाल,महासचिवमा वाचास्पति रेग्मी,सह-महासचिवमा राजेन्द्र सुवेदी, कोषाध्यक्षमा जीवन सेन, प्रकाशन सचिव एभरेष्ट गौतम, सामाजिक सचिव देव गुरुङ, खेलकुद सचिव लव लामिछाने शर्मा र सांस्कृतिक सचिवमा मनोज अन्जान चुनिएका छन् भने सदस्यहरुमा निला श्रेष्ठ, टिना थापा, डम्बर सिंह, तिलकबहादुर गुरुङ लगायतका व्यक्ति चयन भएकाछन । 13325476_1127999560553729_7093676409966258741_n“यति नेप्लिज एसोशिएसन” को साउथ ह्यारो लण्डनमा बसेको वार्षिक साधारण सभाको बैठकले पिपला देवानको नेतृत्वमा उपाध्यक्ष बाहेक सबै पदमा निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन अधिकृत राजकुमार त्रिपाठीले गरेका थिए । उपाध्यक्ष्यको पदमा भने ठाकुर शर्मा र डा. मीन रानाभाटको उमेद्वारी परेको हुँदा तत्काल समयाभावका कारण एक महिनाभित्र टुंगो लगाउने गरि सुझाव पेश गर्नको लागि डा. राघव धिताल, ध्रुव के.सी., उमेश मोक्तान, विजय थापा, हरि के.सी.र वसन्त रायक्षेत्रीको एक कमिटीको गठन गरिएकोछ । सो कमिटीद्वारा विधान संशोधन गरि निर्वाचन गराउने वा दुवैलाई उपाध्यक्ष्य बनाउने कुराको राय सुझाव पेश गरिनेछ । समाज सेवी डा. राघव प्रसाद धिताल लगायत संस्थामा उल्लेखनीय योगदान गरेका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको सभापतित्व निवर्तमान अध्यक्ष उमेश राज मोक्तानले गरेका थिए भने सशी नेपालले आर्थिक विवरण पेश गरेका थिए । स्थापनाकालदेखिको ईतिहांसमा महिलाले नेतृत्व लिएको यो पहिलो पटक हो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित